बेरोजगार !

बेरोजगार !


ई.सुुुुष्मा खत्रि रंंजित

उ पनि बेरोजगार, म पनि बेरोजगार। जो हेर्यो त्यहि बेरोजगार। काम गर्न नपाएर बेरोजगार, काम नभएर बेरोजगार, काम गर्न नसकेर बेरोजगार। अनेक थरीका बेरोजगार। माहामारीले बेरोजगार।

हुन त यो समस्या अहिले मात्र होईन् जहिल्यै यस्तै होला। अनि कहिले को बेरोजगार,कहिले को बेरोजगार होलान्। पेट भर्न नपर्ने भए, जिउज्यानलाई खाना नचाहिने भए,परिवार पाल्न नपर्ने भए किन दश नङ्ग्रा खियाउनु पर्थ्यो होला र?दिमाग किन खियाउन पर्थ्यो होला र ? बकबक किन बोल्नु पर्थ्यो होला र ? किन लेख्नु,किन गाउनु,किन बजाउनु, किन पढ्नु। जे मा पनि किन प्रश्न।

माहामारीले बेरोजगार झन बढाउदो रहेछ । २,३ महिना सरकारको घर भित्रै बस्ने आदेश, विश्व स्वाथ्य संगठनको आदेश, एक देशमा मात्र होईन पुरै विश्वमा पालना भईरहेको अवश्था! जुन देशले लापर्वाहि गर्यो उसले हजारौ लाखौ जनता मरेको टुलुटुलु हेर्न पर्यो। बचाउन त सकेन सकेन, मरे पछि पनि लास गाड्न समेत हम्मे हम्मे पर्यो। सम्पन्न राष्ट्रको त त्यो हालत , विपन्नको त कुरा गरि साध्य छैन्। विरामीको जाँच गर्ने सामान छैन,लगाउने लुगा छैन्, स्वास्थ्य सामाग्री छैन, प्रविधी छैन ,प्राविधिक छैन्। के के छैन, के के छैन। माग्ने जस्तो सबसंग मागेर धानिरहेको छ। किन्ने जमर्को गर्यो जहितहि घोटाला, नाफाखोरी, कमिसनखोरी ! कहि कतै स्वच्छ तवरले केही पार लाग्दैन। पहुँचवाला कै छ हालिमूली, राजनिती मै छ महको चाका। सब त्यहि भुनभुनाईरहेका छन् नेता कार्यकर्ता सहित। हानाथाप गरिरहेका छन् सत्ता र कुर्सीका लागि। सब त्यहि पेटको खेल जस्तो!रोजगार बेरोजगारको होडबाजि चलिरहन्छ।

धनि राष्ट्ले त बेरोजगार भत्ता दिएर जनतालाई ढाडस दिए कति त अहिलेको अबस्थामा। गरिबी मुलुकमा राहतको नाममा १ छाक खुवाउन पनि सकेको छैन भोका जनताहरूलाई। करोडौं राहत बाँडे भनेर फुक्छन । जसले हात पार्यो उसैले कुम्ल्याईरहेका छन्। अब माहामारीले होईन,भोकमरीले मर्नेछन् मान्छेहरू।बाँच्नको लागि लुट्पात,काट्मार नहोला भन्न पनि सकिन्न । यतिका दिन केही नगरेर हात बानेर बस्दा हरेक ठाँउमा असर पर्ने नै छ। उत्पादन नहुदा भएको पनि लुछाचुडि गर्ने अवस्था सृजना हुनेछ।

सोच्ने बेला यहि हो। महिनौ सुतेर बस्दा केही गर्ने जाँगर किन कसैलाई नआएको होला। सजिलो गरि आम्दानि गरिरहेकाहरू जिन्दगी यसरी नै चल्छ भन्ने सोच्दा हुन्।मेहनतीहरू त केही न केही सृजनात्मक कार्यमा लागि नै रहेका छन्। यस्तै सोच्दा सोच्दै म त अतितमा पुगेछु।

सुष्मा खत्रि (वि. सं. २०४३ मा मेरिगाेल्ड प्राईमरि स्कुल मा नेपालि विषयकाे शिक्षिका भई अध्यापन गराउंदाकाे तस्बिर)

आई एस्सी दिएर बसेकाे थिए। सायद एक दुई वटा ब्याक लागेको हुनु पर्छ। २०४२/४३ साल तिरको कुरा होला।फुर्सदको समयको सदुपयोग गर्ने मन भएछ होला। कहिले कता कहिले के काममा भौतारिरहन्थे। घर कै नजिक पढाउने काम पाएको थिए, प्राईमरी स्कुलमा। नर्सरी देखि ३ सम्मलाई नेपाली पढाउने।अरू बिषय दार्जिङ्गकाहरू खोलेका स्कुल भएर उनिहरूले नै पढाउथे।उनिहरूको तलब धेरै नै भएपनि मलाई चाहि महिनाको रू ३२५ /—मात्र। तै पनि रमाईलै लाग्थ्यो। ध्यान दिएर नै पढाउथे। बच्चाहरू म संग खुब झु्म्मिन्थे।त्यहि ताका होला हामी तिनजना साथिहरू मिलेर बिहान बेलुका १०को बिद्धार्थीहरूलाई ट्यूसन पढाउथ्यौ। मात्र रू १००/—,साईन्स, म्याथ, अप्सनल म्याथ, इङ्गिस ईत्यादि।मैले चाहि म्याथ र अप्सनल म्याथ पढाउथे। अरू दुई साथिहरूले अरू बिषय। जे होस बेरोजगार बस्न भने पछि सक्दै नसक्ने। बेरोजगार बस्न नसक्ने बानिले कहिले आैंंलाहरू सल्बलाउछन्, कहिले पाईलाहरू त कहिले दिमाग सोचमग्न बनिदिन्छ। बि.एस्सी पढ्न थाले पछि यि सब कामलाई पाखा लगाईयो।अनि फेरी जिवनको अर्को पाना पल्टियो!
सुक्ष्म!
(लेखक पेशाले ईलेक्ट्राेनिक एन्ड कम्युनिकेसन ईन्जिनियर हुन् ।)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal