बेथाञ्चोक डायरी

बेथाञ्चोक डायरी

मछिन्द्रकुमार लामा

करिव दुई महिना हुन लाग्यो म गाउँमा बस्न थालेको । मेरो घर काभ्रे जिल्लाको बेथाञ्चोक गाउँपालिका–२ साबिक ढुंखर्क वडा नं ६ मा पर्छ । महाभारत जंगलसँग जोडिएको बेथाञ्चोक हावापानीको दृष्टिबाट मात्र होइन राजधानी काठमाडौबाट पनि नजिकै छ । कुनै बेला काठमाडौं जाने कुरालाई हाम्रा बाजेहरु शहर जाने भन्नु हुन्थ्यो । हुन पनि भारी बोकेर विहानैदेखि दिनभर हिडेपछि बल्ल भक्तपुर पुगिन्थ्यो । अहिले दुई घण्टामा आरामले काठमाडौं पुग्न सकिन्छ ।

राजधानीदेखि ४५ किलोमिटर दक्षिणमा रहेको ढुंखर्क गेल्डुंगमा दुई वटा स–साना पसल थिए बाजे सुनाउनु हुन्थ्यो । सञ्चारको नाममा चिठीपत्र मात्र आउजाउ हुन्थ्योे । २०२९–३० सालमा बनेपा र धुलीखेलमा एक, एक वटा मात्र टेलिफोन थियो भने काभ्रे जिल्लामै २३ वटा त हुलाक नै थिए । ढुंखर्कमा धेरै पछि आएको हो हुलाक । धुलीखेल र बनेपामा भएका ती दुई टेलीफोनबाट वर्षभरीमा ३९६ खबर गएका थिए भने ५९४ खबर आएको तथ्यांक भेटिएको छ । टेलिफोनको तुलनामा हातले लेखका चिठीपत्र धेरै रहने गरेको तथ्याङ्कले देखाउँछ । २०२९–३० सालमा मात्र १३ हजार ७६८ चिठीपत्र जिल्ला भित्रिएका थिए भने १७ हजार ३२७ चिठीपत्र अन्य ठाउँमा गएको सूचना विभागले प्रकाशित गरेको मेची महाकालीमा उल्लेख छ । अहिले म आफै संसारभरको सूचना घरमै बसेर लिने दिने गरिरहेको छु । प्रत्येक व्यक्तिको हातमा मोवाइल फोन छ, त्यो पनि भीडीयो कलगर्न मिल्ने । हालसालै ढुंखर्कमा १०० भन्दा बढि ल्याण्डलाईन टेलिफोन पनि वितरण गरिएको छ । कुनै समय दुई वटा साना पसलले धानेको ढुंखर्कको गेल्डुंग हाल बजारमा परिणत भएको छ । जहाँ डेढ सयभन्दा बढी पक्की घर बनेका छन् । ग्लोबल आए एम ई बैक देखि विभिन्न लघुवित्त तथा सहकारी गरी आधा दर्जन वित्तीय संघ संस्था छ। आज मैले घरगाउँ बस्दा देखेका र भोगेका केही विषयमाथि चर्चा गर्ने प्रयास गरेको छु, विज्ञ मित्रहरुबाट सल्लाह, सुझाव र टिप्पणी आउने आशा सहित ।

१ ) चैत ११ गतेदेखि सुरु भएको लकडाउनले मलाई गाउँघरमै बस्ने साइत जुराउनु पनि संयोग र उपलब्धि नै भएको छ । म कुनै पनि दिन फुर्सदिलो बसेको छैन । गाउँगाउँ घुमेको छु, घरघर पुगेकै छु । ढुंखर्क र अन्य दूरदराजका गाउँको कथा व्यथा अलिक फरकनै छ कि झै लाग्छ मलाई । हुन त म कति नै जिल्ला र गाउँहरु घुमेको छु र ? तैपनि मर्दापर्दाको साथी गाउँघर नै हो भनिन्छ म पनि शोकमा परेकाहरुलाई भावपूर्ण समवेदना प्रकट गर्न उहाँहरुको घरमा पुगें ।

२) वेथानचोक गाउँपालिकाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल वेथानचोक नारायणको दर्शन गर्ने शुभ साइत पनि यसै बर्ष जुर्यो। त्यो पनि मेरो बालापनको साथि बिष्णु सापकोटा ( ने क पा वेथानचोक का नेता) सहित अन्य साथीहरु संग। पनौतीको व्यवसायि तथा समाजसेवी लक्ष्मण थापा द्वारा मन्दिरको लागि दान गरिएको करिब १२० के जि को शिलाको मुर्ती वडा नं ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठको कृयाशिलतामा सोहि दिन स्थापना गरियको थियो।

३) ललितपुर स्थित महाङ्काल गाउँपालिका–२ मा दाइको छोरीको निधन भएकाले उता पनि पुगें ।

४)चैत्र २८ गते वेथानचोक क्षेत्र सरोकार समाजद्वारा १० जना वेथानचोक निवासी साथीहरुलाई काठमाडौंबाट यहाँसम्म ल्याउने काम पनि गरियो । काठमाडौं रेडक्रसका मन्त्री तथा समाज सेवी काभ्रे मण्डन देउपुरका श्याम डोटेल र काभ्रेका युवा नेता चन्द्र ढकाल द्वारा वेथानचोक गाउँपालिकालाई हस्तान्तरण गर्न तयार गरियको पिपिई सेट सहितको स्वास्थ्य सामाग्रीहरु नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्य, उप–सभापति गोविन्दबहादुर थापाहरु द्वारा वितरण गरिएको (वेथानचोक गाउँपालिका)कार्यक्रममा सहभागी भइयो ।

५) यहीबीचमा पार्वती बहुमुखी क्याम्पस संचालक समितिको बैठक बसी निर्माण कार्य सुचारु गर्ने र सामाजिक विकास मन्त्रालयसँग १५ लाख अनुदानको लागि सम्झौता गर्ने निर्णय पनि गरियो । आफैंले सुरु गरेको भवन निर्माण स्थलमा पनि पुगिरहेकै छु । पार्वती बहुमुखि क्याम्पसमा नै पढाउने सहायक क्याम्पस प्रमुख भाइ राजेश तिमल्सिना, क्याम्पस प्रमुख प्रताप कार्की र वडा अध्यक्ष तथा क्याम्पस सञ्चालक सदस्य भगवान घिमिरेहरुको निगरानीमा भवन बनिरहेकै छ । निर्माण व्यवसायी डिगमान लामाले आफ्नै घरको काम झैं लिएको देखेर समाजमा योगदान गर्नेहरुकै त भविष्य छ भन्ने पनि लाग्छ । पढ्लेखमा रुची राख्ने राजेश तिमल्सिना जसको उज्वल भविष्य देख्छु म । उहाँ गाउँमै बस्नु हुन्छ , गाउमा नै खट्नु भयको छ । करिब पाँच दशकमा गाउँको शैक्षिक बिकासमा पिता ईन्द्र बहादुर तिमल्सीना ले पुरा गर्न बांकि रहेको जिम्मेवारी पुरा गर्दै हुनुहुन्छ। त्यो पनि त्याग हो नि । अलिकति पढलेख गरेको, जान्ने सुन्ने भएको मान्छे गाउँमा बस्नै हुन्न भन्ने पुरानो मान्यता अहिले पनि कायमै छ । पाखुरा बलियो हुनेहरु श्रम बेच्न मलेसिया, दुबै, कतार, कोरिया गएका छन् । पढ्लेख गरेकाहरु मुलुकमा सम्भावना नदेखेर सुविधा र काम खोज्न युरोप अमेरिका गएका छन् । राजेश भाइ ले आफ्नै गाउँमा भविष्य देख्नु भयको छ । गाउँलाई नै प्रेम गर्नु भयको छ । उहाँप्रति हाम्रो उच्च सम्मान रहनेनै छ। कोरोना भाइरस (कोभिड–१९) ले जुनसुकै मुलुक गएका वेथानचोक वासिलाई यतिखेर पक्कै देश र गाउँ सम्झेने बनायको छ । ढुंखर्कका धेरै युवाहरु काठमाडौं र बनेपामै छन्, कोही कोही विदेश गएका छन् । गाउँ आएका पनि भाइरसको डरले निश्कन सकेका छैनन् ।

६) नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मजदुर विभाग प्रमुख शिवप्रसाद हुमगाई, पुर्व सांसद तीर्थ लामा लगायको नेपाली कांग्रेसका जिल्ला तथा स्थानीय नेताहरूद्वारा बेथाञ्चोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिनालाई पीपीई सेटलगायत स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नु भयको थियो । यस्तो कठिन समयमा पनि उहाँहरुले दिनुभयको सहयोग अमुल्य छ, उहाँहरूलाई उच्च सम्मानका साथ मुरी मुरी धन्यवाद व्यक्त गर्दछु ।

७) वेथानचोक गाउँपालिका वडा नं दुई का वडा अध्यक्ष भगवान घिमिरे, नेपाली कांग्रेसका नेता विनोद तिमल्सिना, जेसिज अध्यक्ष राजेश तिमल्सीनाले रोटरी क्लब अफ धुलिखेलका पुर्व अध्यक्ष रन्जिव श्रेष्ठद्वारा उपलब्ध गराएको दुई सय लिटरको ट्याङ्की, हात धुने वेशिनसहित राखेको कुराले सुविधा मात्र दिएको छैन, परिवर्तनको संकेत पनि गरेको छ ।उक्त ट्याङ्की वडा नम्बर–२ को कार्यालय र गेल्डुङ को चारदोवाटो राखिएको छ । दुध विक्रि गर्न आउनेदेखि बटुवासम्मले त्यसैमा हात धुन्छन् । लकडाउनको सुरूको दिनहरूमा गाउँघरका सर्वसाधारणलाई खेतसम्म मल लैजान समेत निषेध गर्ने सुरक्षा कर्मि मित्रहरूले गाउँपालिका प्रमुखको घर निर्माणका लागि वालुवा ढुवानी गरिरहेको दृष्यहरू नदेखेको झैं गरेको सुन्नु पर्दा चाहिँ अचम्म लागेको छ । अहिले त निर्माणका लागि सरकारले नै खुला गरिसकेको छ । मैले त उतिबेलाकै कुरा सम्झना गरेको हुँ ।

८) यहीबीच मेरो गाउँपालिकामा दुखद् घटना घटेको सुने । लकडाउनकै समयमा गाउँपालिकाले ललितपुर र काभ्रेको सिमानामा पर्ने पाट्नेभन्ज्याङबाट ललितपुरको वन क्षेत्रमा भएर बाटो निर्माण गर्यो । ललितपुरको महांकाल र कोन्ज्योसोम गाउँपालिका सरोकारवालाहरूले उक्त बाटो बनाएकोमा आपत्ति जनाएको खबर गाउँभरी फैलियो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मेरो बालसखा लोकबहादुर तिमल्सिना र वेथानचोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिनालाई सार्वजनिक स्थानमा बोलाएर माफी मागेको मगाएको खवर पनि काभ्रे र ललितपुर जिल्लाभर फैलियो । यो सडक त हामी सबैको आबश्यकता हो नि । त्यसमा माफी नै माग्नु पर्ने मगाउनु पर्ने के छ र ? मलाई लाग्यो घोर अन्याय हो, त्यसमा पनि गाउँपालिका प्रमुखले माफी माग्नु भनेको त बेथाञ्चोकका करिव २० हजार जनताले माफी माग्नु हो नि, त्यो पनि सय भन्दा बढिको उपस्थिति मा र सार्वजनिक स्थानमा । उहाँले व्यक्तिगत स्वार्थ पुरा गर्न सडक बनाउनु भएको हो र ? बेथानचोकबाट सडक जोड्न सबैभन्दा छोटो सडकमा जंगल पर्नु बेग्लै कुरा हो । बेथाञ्चोकको नागरिक हुनुले मलाई पहिलो पटक हिनताबोध भयो, मैले आफुलाई अपमान भएको महशुस गरें । अझ सडक बनाउँदा हुनगएको क्षतिपूर्तिका लागि ३ हजार थान लोठसल्लाका विरुवा वृक्षारोपण गरिदिने लिखित सम्झौता गरियो भनेको सुनिन्छ । त्यो सम्झौतामा कसकसले हस्ताक्षर गर्नु भयो मैले आधिकारिक रुपमा बुझेको छैन । सुने अनुसार उपभोक्ता समितिका अध्यक्ष, गाउँपालिका प्रमुख, ललितपुरका महांकाल र कोन्ज्योसोम गाउँपालिका उपप्रमुखले पनि निर्णय पुस्तिकामा हस्ताक्षर गर्नु भएको सुनिन्छ । प्रदेश सरकारबाट आएको ४० लाख रकम पनि त हामीले तिरेको करबाट प्राप्त भएको हो नि । अनि गाउँपालिकाको रकम खर्च गरेर ललितपुरमा किन सडक बनाइयो होला, ललितपुरतर्फका सडक निर्माण गर्दा सरोकारवाला गाउँपालिका संग किन समन्वय नगरेको होला? ३ हजार लोडसल्ला बृक्षारोपण गर्दा कुन शिर्षको रकम खर्च गरिएला भन्ने जिज्ञाष मलाई भैरहन्छ । मैले अरुलाई भन्न सोध्न सकेको छैन, आफैलाई सोधेर निरुत्तर हुदै चित्त बुझाएको छु ।

९) लकडाउनकै बीचमा मुलडाँडा चोरण्डे वन उपभोक्ता समिति मातहत रहेको जंगलका रुख काटिएको विषयले पनि बेथाञ्चोकमा खुबै चर्चा पाएको छ । मान्छेहरु बन्दाबन्दीमा घरमै रहेका बेला पारेर जंगल फडानी भएको समाचार पढिरहेको, हेरिरहेको म बबुरोका लागि आफ्नै गाउँको समाचारले ध्यान नतान्ने कुरै भएन । भएको के रहेछ भने साबिक ढुंखर्क–६ पाखुरेडाँडा श्रद्धेय रामबहादुर तिमल्सिनाले ५ वटा रुख ढालेर चिरानका लागि सःमिलमा लानु भएछ । उपभोक्ता समितिका केही पदाधिकारीले स्वीकृत नगरी रुख कटान गरेको भनि काठ चिरान रोकिदिएछन् भने काठ काट्नको लागि आवश्यक दस्तुर सहित को निवेदन रूख काटेको एक दिन अगाडि मात्र उपभोक्ता समितिका सदस्य वेद प्रसाद तिमल्सीना लाई दियको भन्ने जिकिर निज राम वहादुर तिमल्सीनाको छ । वन उपभोक्ता समितिको कार्य योजना अनुसार एक रूख घर निर्माणको लागि छुट दिने र अन्य काठको लागि प्रति क्युफिट दुई सयदेखि छ सय बिगो जरिवाना गराउने नियम बनाएको छ । सायद यसै गरी सम्झौतामा कुरा मिलाइएला भन्ने आशालियको छु। अन्यथा उपभोक्ता समितिको निर्णय लाई अस्वीकार गरेमा वन ऐनको कार्यविधि २०५१ अनुरूप कार्वाहीको लागि जिल्ला वन कार्यालयमा लेखि पठाउने कानुन अनुसार भईजाने होला भन्ने लाग्दछ ।

१०) यस अवधिको महत्वपूर्ण काममा साबिक ढुंखर्क ७ को टून्टार बाट साबिक ढुंखर्क ६ सिनागैह्रो हुदै मुल्डाडा माझगाउँ सम्मको नयाँ मोटरबाटो निर्माण कार्य सम्पन्न गरियको छ । सहयोगी जग्गा दाता लगायत सरोकारवाला सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

(समाजसेवि मछिन्द्रकुमार लामा बेथाञ्चाेकका स्थायि बासिन्दा हुन्)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal