अबैध रुपमा हतियार राखेको भन्दै ठकुरी पक्राउ

अबैध रुपमा हतियार राखेको भन्दै ठकुरी पक्राउ

काभ्रेपलान्चोक / मन्डन देउपुर नगरपालिका वडा नम्बर १२ ज्याम्दि रामपुर काे प्रदिप ठकुरीलाई अबैध रुपमा हतियार राखेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं डिएसपी कुमार बिक्रम थापाले अबैध हतियार राखेको अभियोगमा ठकुरीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हात हतियार खर खजनामा अनुसन्धान भैरहेको छ । ठकुरीले कानुन मिचेर अबैध रुपमा घरमा बन्दुक राखेका थिए ।

स्थानीयबासिले भने ठकुरीले मृग मार्ने क्रममा आफ्नै छोरी सलिना ठकुरीलाई घाइते भएको जानकारी दिएका छन । स्थानीय जंगलमा मृग मार्ने क्रममा गोलिको छर्रा लागेर सलिना घाइते भएकी थिइन । सलिनाको शिर मेमोरियल अस्पतालमा उपचार भएको थियो । प्रहरीका अनुसार उनको अहिले डिस्चार्ज भैसकेको छ ।

म्याद थपेर अनुसन्धान चलिरहेको ठकुरीलाई छुटाउन नेताहरुको जिल्ला प्रहरी कार्यालयमा भिड नै लागेको छ । स्थानीयका अनुसार केही नेताहरु ठकुरीलाई एक हप्तामा छुटाउने भन्दै जिल्ला प्रहरीकार्यालय धाइरहेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal