भुम्लु ९ चिसापानीटारमा क्रसर व्यवसायी र स्थानीयबीच झडप

भुम्लु ९ चिसापानीटारमा क्रसर व्यवसायी र स्थानीयबीच झडप

काभ्रेपलान्चोक/ काभ्रेको भुम्लु ९ चिसापानीटारमा क्रसर व्यवसायी र स्थानीयबीच झडप भएको छ ।

कोरोना महामारीका बेला क्रसर नियमित रुपमा चलिरहेको तथा अन्य ठाउँबाट टिपरहरु आएको भन्दै स्थानीयले टिपर रोकेपछि शुरु भएको विवादका कारण झडप भएको हो ।
भुम्लु गाउँपालिका वडा नम्बर ९ का स्थानीयहरुले क्रसर तथा टिपर रिक्न खोजेपछि क्रसर व्यावसायि केदार पराजुली लगायतले स्थानीय माथि खुकुरी देखाउदै ढुङ्गा प्रहार गरेपछी झडप भएको थियो ।

स्थानीय समेत रहेका केदारले अर्का स्थानीय रामशरण पराजुलीलाई ढुङ्गा हानेर घाइते भएपाछी आक्रोशित स्थानीयले केदारलाई कुटपिट गरेका थिए । कुटपिटबाट केदार पनि घाइते छन ।

क्रसर व्यावसायिको ढुङ्गालागेर स्थानीय तेज पराजुली समेत घाइते भएका छन । झडपपछि स्थानीयलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी चौकी दोलालघाटमा रामशरण लगायत ६ जनाले शान्ति सुरक्षाको माग गर्दै निबेदन दिएका छन ।
१ जेठदेखि वितरण गरिएको पास समेत सरकारले खारेज गरेर लकडाउन कडा गरिएको बेला पनि टिपरले लगातार गिटीबालुवा ओसारी रहेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal