सिमा अतिक्रमण विरुद्व तरुण दलकाे प्रदर्शन

सिमा अतिक्रमण विरुद्व तरुण दलकाे प्रदर्शन

काभ्रेपलान्चोक /

भारत सरकारले नेपाली भुमि लिपुलेक अतिक्रमण गरि मानसरोवर जोड्ने सडक निर्माण गरेकाे विराेधमा नेपाल तरुण दल बनेपाले मसाल जुलुस प्रदर्शन गरेकाे छ ।

लकडाउनको बावजुद नेपाल तरुण दल बनेपा नगर समितिले सरकारको लाचार शैली प्रति खेद प्रकट गर्दै देशको भुभाग रक्षाका निम्ति आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गाराउन र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै नेपालको सिमा अतिक्रमण गरेर एक स्वतन्त्र राष्ट्रको सार्वभौमिकता एबम राष्ट्रिय अखण्डताको हनन गर्ने भारत सरकार र भारत सरकारको निकृष्ट कदमको मुकदर्शक भएर लाचारी प्रदर्शन गर्ने वर्तमान सरकार दुवैको घोर विरोध गर्दै मसाल जुलुस निकालिएकाे नेपाल तरुण दल बनेपाका अध्यक्ष सुधिर वैद्यले बताए ।

सयौं तरुणहरुको सहभागितामा निकालिएकाे मसाल जूलूस लाई नेतृत्व गरेका वैद्यले यस्ता कदमको विरुद्धमा नेपाल तरूण दल बनेपा नगर समिति निरन्तर उभिने भन्दै नेपाल सरकारलाई सचेत रहन आग्रह गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal