देश कसले बिगार्याे थाहा छ ?

देश कसले बिगार्याे थाहा छ ?

अनुज थापा

एकपटक नेपाली भएर सोचौं न केहि पुर्वाग्र नराखी । अति भो ।

-देशका नदिनालाहरू सम्झौताको नाममा कसले बेचेको ?
-कलकारखानाहरूमा चरम राजनिति गरेर कसले कंगाल बनाको?
-मदन आश्रितलाई खोलामा बगाएर चुईक्क नबाेल्ने को ?
-संबिधानसभाको नाममा हजारौं नागरिकको हत्या कसले गरेको ?
-देशलाई अन्धकार बनाएर ईन्भटर कमिसन कसले कुम्ल्याएको ?
-सारा संस्थाहरू युनियनको नाममा कसले धराशायी बनाको ?
-कलेजमा बिध्यार्थीलाई कलमको सट्टा खुकुरी कसले दिएको ?
-कानुनको धज्जी उडाएर गुण्डा संरक्षण कसले गरेको ?
-विज्ञ चाहिने ठाउमा कार्यकर्ता भर्ति गरेर देश कसले डुबाको ?
-कर्मचारी लगाएत सुरक्षा निकाएको मनोवल कसले गिराएको?
-समानुरातिक नाम भजाएर उधोगपतिलाई सांसद कसले बेचेको?
-शक्तिको दुरूपयोग गरि सुरक्षा संयन्त्रनिकम्मा कसले बनाएको ?

  • देशलाई ‘र’ र ‘पश्चिमा’ को क्रिडास्थल कसले बनाएको ?
    -देशमा रोज़गारी ठप्प पारी तिसौंलाख युवा वेचेको कसले ?
    -लाउडा धमिजा देखी वाईडवडि सम्म कसले निलेको ?
    -भूमि अतिक्रमण हुदा आखामा पट्टी वाधेर नेतृत्व गर्ने को ?
    -कानुन र न्यायालय समेतलाई खरिदविक्री गर्न खोज्ने को ?
    -बालुवाटर कसले वेचेको ?
    ….यस्ता घटना कति हुन कति । यि सवै गरेर देश दोहन गरि देशलाई आजको हालतसम्म पुर्याउने को ? मरेकाको कुरा नगरौ । बांचेकाहरू शेर वहादुर देउवा , माधव नेपाल , पुष्पकमल दाहाल , झलनाथ खनाल , वावुराम भट्टराई , खड्गप्रसाद वली , आखिर को ? अवको दश वर्ष यो देशमा हालीमुहाली गर्ने यिनै अनुहार हुन ।

ल अब भन्नुस देश समृद्द किन बनेन ? र बन्छ कसरी ?
खोल ओढेर र पुर्वाग्र नभई सोचौं । यो देशलाई अब साच्चिंकै देशलाई माया गर्ने ‘नागरिक’ र नेतृत्व चाहियको छ । अरानितिक कार्यकर्ता र कायर कप्टि नेता होईन ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal