युथ फर चेन्जकाे अशक्त परिवारलाई सहयाेग

युथ फर चेन्जकाे अशक्त परिवारलाई सहयाेग

काभ्रेपलान्चोक /

पांचखाल नगरपालिका वडा नं. ६ स्थित पौडेलथोकमा रहेका अशक्त परीवारलाई युथ फर चेन्ज संस्थाले खाध्यान्न सहितका अत्यावश्यक सामाग्रि सहयाेग गरेकाे छ ।

सहयाेग सामाग्री मा १ बोरा चामल, २ किलो दाल, १ वटा हर्लिक्स, १० वटा बिस्कुट, १ पोका आँटाको पिठो, २ किलो चिनी, २ लिटर तेल , १ कार्टुन चाउचान, भाडाँ माझ्ने साबुन १ वटा, डिटोल साबन ५ वटा, नुन २ प्याकेट उपलब्ध गराईएकाे छ ।

शारिरिक रुपमा अशक्त श्रिमान सहित दुई जना मात्र उक्त घरमा बस्दैै आएकाे युथ फर चेन्जकाे संयाेजक पवन गाैतमले जानकारि दिए ।

उहाँहरु बस्ने घर पनि युथ फर चेन्ज काेे पहलमा स्थानिय युवा को श्रमदान बाट निर्माण गरिएकाे थियाे ।

वडा बाट दिने राहात समेत नपाए पछि बृद्ध बा आमा ले फोन गरेर आफ्नो समस्या राखे पश्चचात साथिहरु सहित गएर राहत उपलब्ध गराएकाे संयाेजक पवन गाैतमले बताए।

राहत बितरण क्रममा संस्थाका अन्य जिम्बेवार पदाधिकारीहरु बिक्रम दनुवार, सफल अधिकारी, रुपेश सापकोटा, अनिल लामा, श्री कृष्ण श्रेष्ठ, कन्चन तामाङ, सनिता दनुवारकाे सहयाेग रहेकाे गाैतमले बताए ।

पाँचखाल न पा मा अन्य परीवारमा पनि परेको यस्तो समस्या लाई मध्यनजर गर्दै हरेक हप्ता सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal