बनेपा ब्वाईज क्लबको कोरोना सन्देश भिडियो


काााभ्रेपलान्चोक /खेलकुद क्षेत्रको विकास सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उद्योगि व्यवसायी र युवा बर्ग सम्मिलित बनेेेेपा ब्वाईज क्लबले कोरोना भाईरस कोभिड–१९ सम्बन्धी सचेतना मुलक भिडियो निर्माण गरेको छ ।
विश्वलाई त्रसित बनाएको कोभिड–१९ महामारीले नेपाललाई थप ससंकित र त्रसित पारेको उल्नेख गरेको छ । कोरोनालाई परास्त गर्ने एउटै उपाय सामाजिक दुरी कायम गरी घर भित्रै बस्ने भएकोले आम नागरिकलाई घरमानै बस्न आग्रह गरेको छ । मानविय जीवनको रक्षा गर्नुनै एक मात्र विकल्प भएकोले नेपाल सरकारले चैत्र ११ गते देखि गरेको बन्दाबन्दीलाई उलङघन नगरी आफु पनि बाँचौ र अरुलाई पनि बचाउनु सबैको दायित्व भएको सन्देश भिडियोमा रहेको छ । हाल सम्म कोभिड–१९ को भ्याक्सिन नबनेको हुँदा चिकीत्सक तथा स्वास्थ्यकर्मीको सुझाब अनुसार अनुशरण गर्नु पर्ने सन्देश रहेको छ ।

मानविय सेवामा समर्पित स्वास्थयकर्मी, सुरक्षाकर्मी, नागरिकहरुको सवाल र सरोकारहरुलाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मीहरुको उच्च मुल्याङ्कन गरिएको छ । कोरोना भाईरसको नेपालीहरु सचेतना मुलक सन्देशको निर्देशक राज तिमल्सिनाको रहेको छ भने सबै जिम्मेवारी क्लबका अध्यक्ष महेश कर्माचार्यले गरेका हुन ।

भिडियाे हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal