सरकार अब नक्साले मात्र चित्त बुझाएर बस्न हुन्न

सरकार अब नक्साले मात्र चित्त बुझाएर बस्न हुन्न

धन सिंह बिष्ट”अप्सन”

अतिक्रमण मा परेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता महतवपूर्ण भूभागलाई नेपालको नक्सामा सामेल गर्ने मन्त्री परिषद् को इतिहासिक निर्णय लाई मेरो पनि सलाम र स्वागत छ । बधाई छ सरकार अब नक्साले मात्रै चित्त बुझाएर बस्नु हुन्न नेपालि भुभाग बिस्तारबाद भारतको हात बाट खोसेर सिमानामा यथाशीघ्र पर्खाल लगाउनु शुरु गर्नु पर्छ।

नेपाल भूपिवेष्ठित राष्ट्लाई तीन तिर बाट विश्व काे ७औं ठूलोछिमेकी देश भारत(पूर्व, पश्चिम, दक्षितर्फबाट)र उत्तर मा विश्व को चौथो ठूलो देश चीनले घेरिएको छ भने भारतले तीन तिर बाटै नेपालको सिमाना अतिक्रमण गरिरहेको छ।मैले देखें अनुसार पनि गड्डाचौकी नाका देखि भारतको बनबासा पर्ने सिमाना माहाकाली नदीमाथि बनेको पुलले छुट्याई पुलमाथि नेपाल र भारतको राष्ट्रिय झण्डा राखिएको देखिन्थियो।

विगत केही समय देखि भारतको सिमाना सुरक्षा मा खटिएका भारतिय सिमा सुरक्षाबल (एसएसबि) नेपालको भूभाग तिर अर्थात् माहाकाली नदीको वारी पूर्वतिर अतिक्रमण गरी बसेको हामी सबैले देखेकै छौं र यस्तै अन्य ठाउँमा (दार्चुला देखि ताप्लेजुङ्ग सम्म) पनि अतिक्रमण गरिरहेको छ ।

भारतले पश्चिम कञ्चनपुर को सिमना मा कब्जा गरेर आर्यघाट समेत भारतमा पर्दछ ।भारतले नेपाललाई गरेको हेपाहा प्रवृति लाई अहिले नेपाल सरकारले गरेको इतिहासिक कार्यलाई यतिकैमा सीमित नहोस् नेपालको अन्य ठाउँमा मिचिएको भूभाग समेत फर्कियोस्।

भारतले नेपाललाई भाइ सरह भन्ने गरे पनि व्यवहारमा भारतले दुस्मन को जस्तै व्यवहार गर्छ।जब नेपालमा अफ्ट्यारो परिस्थिति आउँछ तब भारतले नेपाललाई आझ अफ्ट्यारो स्थितिमा धकेल्छ चाहे त्यो भूकम्पको समयमा नाकाबन्दी होस्,बाढी आएको समयमा कोशी पुलको बाँध र महाकाली नदी को ढोका खोल्नेकाम होस्,कोरोना को महामारीमा कालापानी , लिम्पियाधुरा,लिपुलेख जस्ता भूभाग मिच्ने कार्यहोस् बेला बेलामा दुःख दिएकै हुन्छ।अझै पनि नेपालले गरेको यस कामको बद्ला भारतले चुकाउनु पक्कै पनि पछि हट्दैन होला ।यो कुरा सम्झिरहे हुन्छ र यस्को प्रतिक्रिया मा केही हद सम्म कडा र बलियो आउन सक्छ ।भारतले यस बन्दाबन्दिको समयमै नाका बन्द समेत गर्नु सक्छ।

त्यसैले हामी सबै मिली कोरोना महामारी र भारत संग एकै पटक लड्न पर्ने अवस्था समेत श्रृजना हुन सक्छ।असल राजनीति, साहस ,साथ र सहयोग भए एकदिन नेपाल समृद्ध बन्न धेरै समय नलाग्ला,एउटा वडा अध्यक्ष ले भारत को सिमानामा काँडे तार लगाउन सक्छ भनें नेपाल सरकारले गर्ननसक्ने भन्ने कुरा यहाँ नहोला।

त्यही भएर हामी सबै जुटे अबस्य पनि आइपर्ने कठिनाई लाई जित्ने छौं,हामी नै फुटे भने भोलिको दिनमा नेपाल भन्ने एउटा देश थियो भन्ने इतिहास नरहला भन्न सकिन्न।

जय राष्ट्र
जय नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal