सेनालाई जिस्क्याउॅंने, होच्याउॅंने र अपमान गर्ने हिम्मत नगरोस् !

सेनालाई जिस्क्याउॅंने, होच्याउॅंने र अपमान गर्ने हिम्मत नगरोस् !

निगम हुंमागांई

नेपालको गौरबमय ईतिहास बोकेको संस्था नेपाली सेनालाई बिबादमा ल्याउॅंन ,कमजोर बनाउॅंन र नेपाललाई असफल राष्ट्र बनाउॅंन देशी बिदेशी षड्यन्त्रकारीहरू क्रियाशिल छन् ।

नाकाबन्दिमा सेना,भूकम्पमा सेना, बाढिपहिरोमा सेना,हुम्ला जुम्लामा बाटो खन्नुपर्यो सेना,कोरोना भाईरसको दु:ख मा औषधि ल्याउनु पर्यो सेना, प्राकृतिक प्रकोप र राष्ट्रिय बिपत्तिहरूमा सेना …! देशलाई दुख्दा र गाह्रो पर्दा सबै जनताका बिपत्तिहरूमा आफ्नो ज्यानको बाजी लगाएर योगदान पुर्याएको छ सेनाले । एउटा सिपाहिको तलब कति हुन्छ ख्याल छ? ब्यारेकभित्र कति दु:ख छ थाह छ?बाबु आमा श्रीमति छोरा छोरीको लालन पालन कति गाह्रो छ, सिपाहिले छोराछोरी कसरी पढाएको छ थाहा छ? परिवार कति दु:ख ले चलाएको छ सोध्या छ कसैले ? हिमालको चुचुराको छेउमा पुस माघको ड्युटिमा कसरी खटिएको छ सोच्या छ ?तराईको गर्मीमा सर्प लाग्ने जंगलहरूमा कसरी बस्या छ?जाडोमा पालबाट तपतपि शीतलहरले छोएर कति सिपाहि बिरामी भएका छन् हेक्का छ कसैलाई?राष्ट्रसेवा मा बिपत्तिमा खट्दा कतिले वीरगति प्राप्त गरेका छन्,कति अंगभंग भएका छन् सहनूभूतिसम्म जनाएको छ कसैले ?खाली व्यारेकमा बसो खायो के काम छ सेनाको भनेको छ,खुईल्याएको छ,हेपेको छ । कति सहिनसक्नु भएको सेनाले राम्रो गरेको ? कति ईर्स्या र डाहा गरेको ?के सेना देशको सम्पत्ति होईन र ? के सेना हाम्रो गौरब होईन र ?के सेना नेपाल र नेपाली को सान, आस्था, बिश्वास र भरोसाको केन्द्र होईन र ?? केहि गर्न खोजे किन सेना अग्रसर भएको भनेको छ?, एैन कानुनको सिमामाॅं बस्दा के गर्यो सेनाले भनेको छ? सीमा बिचिंदा किन जाॅंदैन भनेको छ?जान्छ सेना किन जाॅंदैन सीमा बचाउॅंन,अवश्य जान्छ….समय आउॅंछ ।

सम्माननीय प्रधानमन्त्रीले गुमेको भूमि फिर्ता ल्याउॅंछु भनि ईनिसिएसन लिनुभएको छ,नेपाली सेनाले सहयोग गरिरहेको छ । सेना संबिधान र कानूनमा बाॅंधिएको जिम्मेवार संगठन हो । अरू जस्तो बकबक गर्दै हिड्न मिल्दैन सेनाले ! देशद्रोहिहरू हो सेनाको बिरोध नगर्दा तिमीहरूको तलब नपाक्ला, चूलो नबल्ला तर मलाई पूरा बिश्वास छ मेरो देशका प्रत्येक देशभक्त सिपाहिहरू देशको लागी आवश्यक परे बलिदान गर्न ,देशका लागी जुनसुकै बेला जीबन समर्पित गर्न तयार भएर बसेका छन् ।मलाई बिश्वास छ अन्य कुटनैतिक माध्यमहरू द्वरा गाह्रो भएछ भने पनि सैन्य कूटनिति मार्फत हाम्रो देशको अतिक्रमित भूभागको रक्षा(फिर्ता), हाम्रो भूमिबाट बिदेशी सेना हटाउॅंने र हाम्रो देशको स्वाधिनता /सार्बभौमसत्ता को रक्षा नेपाली सेनाले गर्नेछ । सबै मिलेर सेनालाई आंट,हिम्मत र साथ दिऔं,अहोरात्र देशका लागी समर्पित नेपाली सेनालाई संम्मान र ईज्जत गरौं ।

यो कोभिड १९ को महाबिपत्तिमा पनि जनताका लागी अग्र मोर्चामा लड्न तयार भएर बसेको सेनाको मनोबल गिराउॅंने र सिंगो संगठनको बदनाम गराउॅंने ,भ्रम छर्ने काम कहिं कतैबाट नहोस् । खबरदार शान्तसंग ब्यारेकमा बसेर देशको सेवामा खटिईरहेको सेनालाई कसैले पनि जिस्क्याउॅंने, होच्याउॅंने र अपमान गर्ने हिम्मत नगरोस् ।

अत :- एउटा नेपाली नागरिकको हैसियतले यो देशका देशभक्त सिपाहिहरू माथि भएको अपमान सहन नसकेर लेखेको मेरो निजी बिचार हो । देशप्रति समर्पित हाम्रा वीर सैनिकहरूप्रति मेरो सलाम छ ।

(लेखक नागरिक समुहका अध्यक्ष हुन् ।)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal