हेलिकप्टरमा आकासमै आगलागी, सवार मन्त्रीसहित सवैको निधन

हेलिकप्टरमा आकासमै आगलागी, सवार मन्त्रीसहित सवैको निधन

काठमाडौँ ।  ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको निधन भएको छ ।

उड्डयनमन्त्री रवीन्द्र अधिकारी र आङ छिरीङ शेर्पासहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा परेर हेलिकप्टरमा सवार सवैको निधन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले  पुष्ठि गरेको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टर आकासमै आगो लागेर खसेको स्थानीय पेमा लामाले जानकारी दिएकी छन् । तर, हेलिकप्टर दुर्घटनाको कारण खराव माैसम रहेको भन्दै नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनाबारे छलफल गर्न मन्त्री परिषदको आकस्मिक बैठक सिंहदरबारमा बोलाइएको छ । भने केहि बेरमै बैठक बस्दै छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal