जब हनुमान सूर्य खान निस्किय

जब हनुमान सूर्य खान निस्किय


राजेश तिमल्सिना (फ्यान्टास्टिक ब्राे)

पवनका पुत्र मारूतिलाई एकदिन उठ्ने वित्तिकै भाेक लाग्याे , उसले आमा र बुबालाई डाके तर पाएनन्, उनले घरकाे सबै भाडामा खानेकुरा खाेजेकाे भेटेनन् , बाहिर सुर्यकाे किरण देखे हेर्दा त यति राताे र राम्रो छ खांदा कति मिठाे हाेला भनेर आफ्नाे जितलाई अडिक गरेर सुर्य खानलाई निक्लिए ।

तर विडम्बनाकाे कुरा ईन्द्र महाराजले राहु लाई पहिले आदेश दिईका रहेछन् , राहु आज तिम्राे सुर्य खाने पालाे हाे भनेर मारूति बिचमा पुगेदा नपुग्दै ,राहु आई मारूतिलाई भने ईन्द्रले मलाई आदेश दिनुभएकाे छ सुर्य खानलाई तिमी कहाकाे बालक हाै,मारूति अडिक भएर भने मलाई भाेक लागेकाे छ म खान्छु । यति राताे फल कति मिठाे हाेला म खाने हाे दिन्न उतिकैमा राहुकाे रिस बेग्र भयाे उनिसंग भएकाे अस्त्र प्रयाेग गरे तर मारूतिका अगाडि ती सबै अस्त्र फेल भए ।

राहु आफुले खान नपाएकाे एउटा अपरिचित बच्चा सुर्य खान गएकाे गुनासाे पाेख्न ईन्द्रदेवकाेमा पुगे ,त्याे तिम्राे भाग हाे तिमी नै खाउ काे रहेछ त्यस्ताे शक्तिशाली बालक म राेक्छु भनेर स्वयम इन्द्रदेव निक्लिनु भयाे , ईन्द्रदेवले भन्नू भयाे पर्ख बालक कहाँ जाँदै छाै त्याे सुर्य तिमिले खान मिल्दैन अाफ्नाे ठाउमा फर्क ,मारूति पनि जिद्दी बालक के सुन्थे, फेरि मेराे पछि अर्काे पर्याे याे राताे फलमा के रहेछ त्यस्ताे मलाई राेकेका छन याे खानी नै हाे भनेर मारूती अगि बढे, ईन्द्र महाराज पछाडिबाट कराउदा पनि नसुनी आखिर त सुर्यलाई खाईछाडे ।

ईन्द्र महाराजले मारूतिलाई विन्ति बसाए ,ए बालक सुर्य मुखबाट बाहिर निकाल सबै सृष्टि अन्धकार हुने भाे ,नाई म निकाल्दिन भनेर मुन्टाे हल्लाए ,यतिकैमा दुईजनाले अस्त्र प्रयाेग गरे हाना हान भयाे प्रतिरक्षा गर्दा गर्दै मारूतिकाे चिउडाेमा प्रहार भयाे ,सुर्य मारूतिकाे मुखबाट बाहिर निस्कियाे ,मारूति वेहाेस भएर,पिता पवनकाे काखमा पुगे ,पवनलाई सार्है रिस उठ्याे ,कस्ता निर्दय अबाेध बालकलाई यस्ताे यातना दिन हुन्छ र सबलाई म सिद्धाउछु भनेर आफ्नाे शक्ति प्रयाेग गरेर पवनले प्राणवायु निस्कृय गरिदिए ,सबै प्राणि ,जिवजन्तु आकुलब्याकुल भएर लड्न थाले, ईन्द्र महाराजकाे कक्षमा वार्ता हुन लाग्याे, के भयाे यस्ताे ,पुरै लाेकमा हाहाकार भयाे या विषयलाई संसारका सृष्टिकर्ता ब्रम्हादेवलाई विन्ती विसाइयाे ।

ब्रम्हाले आफ्नाे शक्तिले हेरे के घटना घटेकाे थियाे ,इन्द्रदेव तिम्राे कारणले गर्दा याे सब भएकाे रहेछ ,पवन पुत्रलाई तिमिले गरेकाे व्यवहारले उनकाे मनमा ठेस पुगेर यस्ताे हुन पुग्याे उनी गुप्तबास बसेका छन् अब सबै गएर माफ माग्नु पर्छ भनेर पवन र मारूति भएकाे गुफामा आए ।

ईन्द्रलाई अाफुले गरेकाे गल्तीको महसुस भयाे ,मारूतिलाई बरदान दिए तिम्लाइ कुनै पनि अस्त्रले छुने छैन ,अाजबाट तिमी मारूति रहेनाै सबैले बज्रङ्गबलीकाे रूपमा चिनिने छाै ,सूर्यदेव प्रकट भए उनले पनि ताप ,शक्ति ,किरणले केही गर्न सक्दैन भनी बरदान दिए ,विश्वकर्माले कुनै कुनै पनि तरबार ,चक्रकाे असर तिमिमा पर्ने छैन भने।

यमराजले तिमिलेकहि गर्नु छ ,नया नया रूपमा आउनु सधै तिमी जिवित हुन्छाै भनी बरदान दिए र ब्रमाहले भने ,तिमिलाई केहिकाे प्रभाव पर्ने छैन तिमलाई सबैले हनुमान भनेर चिन्ने छन हनुमानकाे प्रतिककाे रूपमा पुजा गर्ने छन् अन्त्यमा मारूतिले सबैलाई विन्ति गर्दै भने ,मैले अाज केही सिके ,राम्राे देखिदैमा त्याे फल हुने रहेनछ ,भाेक लाग्दैमा राम्राे देख्दैमा त्याे फल खान्छु भनेर हिड्न नहुने रहेछ सहनशीलता हुन जरूरि रहेछ ।ईन्द्रदेवले पनि गल्ति स्वीकार गरे ,म शक्तिशाली छु भन्दैमा अस्त्र प्रयाेग गर्नु मेराे मुर्खता हाे ,यहि मुर्खताले म याे देव जगतमा आज लाचार सावित भए क्षमा चाहन्छु ।
यतिभएपछि ,पवनले फेरि प्राणवायु छाेडिदिए र आकुलव्याकुल भएका सबै स्वस्थ देखिए ।

अत:- तपाइँको ‘कमजोरी’ लाई हतियार बनाएर प्रहार गरिएको अस्त्रको जवाफकेही हुँदैन, चुपचाप सहनु बाहेक
क्षतिपुर्ति स्वरूप आफ्नाे सबै शक्ति दिनुपर्ने हुनसक्छ
त्यसैले कसैले कसैलाई कमजाेर नसाेचे हुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal