“तिम्रो पतिभन्दा अघि म देशको सिपाही”

“तिम्रो पतिभन्दा अघि म देशको सिपाही”

राजेन्द्र बांनिया

पृय जीवन सङ्गीनी !
तिम्रो जन्म दिन खुब रमाइलो गरि पश्चिमाले जडौरीस्वरुप उपहार दिएको सस्कार ,केक काटेर मनाउने मन मलाई पनि थियो/छ । तर कोरोनाले देश सन्त्रासमा रहेको बेला काटेको केकको के अर्थ होला र? हुन त मेरो देशका प्रधानमन्त्रीले मुलुकप्रतिको माया र समर्पण देखाउन होला सायद देशकै नक्साको केक बनाएर काट्दा पनि मेरो देशको भुभागमा भारतीय सेना सडक बनाउने नाममा मेरै मातृभुमीमा गैँती बेल्चा हान्दै रहेछ ,पहरा फुटाउने नाममा आमाको कोखमा बिश्फोटक पदार्थ पड्काउँदै रहेछ। धन्न मेरो प्रधानमन्त्रीलाई त्यतिबेला सिमा जोडिएका आठमध्ये सात छिमेकीसङ्ग सिमाकै लागि बिस्तारबादी भारतले लिपुमा सडक खनेको थाहा रहेनछ । केकमा अनेक आलोचना हुँदा सातु मुछ्दै नमुछ्नु मुछेसी खान घिन नमान्नु भनेझैं भएका प्रधानमन्त्रीले उसका नक्सामा मेरो देश समेटेकोमा नक्सा छापेर के भो र एक इन्च जमिन छोडिन्नँ भनेसी मलाई कताकता मरिसकेको खलाँतीमा सास हालेझै भाको थ्यो ।

तर बिगतका दृश्य रील बनेर घुम्छन् दिमागमा पृय । नेताका लागि कुन देश कुन बिदेश ? कतिपय बेला त लाग्छ,मानव बस्ती भएको भए चन्द्रमामा पनि सरकार बनाउन यिनिहरु पार्टी गठन गर्थे, दलदलमा फसेर मुलुकप्रतिको जिम्मेवारी बिर्सेन्थे-चुनाबमा ब्युझन्थे अनि जनतालाई गुमराहमा राखेर कतिपय रास्ट्रनै संकटमा पर्ने सन्धी सम्झौता गर्थे होलान् । अब यो बिर्सन चाहेको मेरो अधुरो सपना होस् ।

तर पृय ढिलै भएपनि मेरो देशका प्रधानमन्त्रीले पुन: एकपटक दिबङ्गत भएकी आमाको दुधको भारा सम्झेजस्तो लागेको छ, बिगतका बडे भैयाका मन्त्रणा र लगानी अनि आश्वासन बिर्सेर नक्सा छापेर देखाएका छन् । फेरि शंका यत्ति छ, कतै नक्साको मूल्य एमसीसीमा त चुकाउन पर्ने हैन ? शंका छ,कतै दिल्लीसङ्ग मुकाबिला गर्ने नाममा कतै हाम्रो सार्बभौमसत्ता वासिन्टनसङ्ग धितो त राखिने छैन ? बिगतमा यस्तै आश्वासन बाँडेर मुलुकको नदीनालादेखी निर्णय अधिकार समेत बिदेशीको लकरमा राखिएको दृष्टान्त छ हामीसङ्ग । कोशीको पानी उ लान्छ,बाढी र बितण्डा हामीलाई । गण्डकीको नहर हाम्रो भुमीमा खन्छ,मरुभुमीकरण हामीलाई । शारदामा हाम्रो जमिनमा बाँध हाल्छ -भन्छ पानी आधाआधा । तर पानी उसलाई,समृद्धिको सपनाको तिर्खा हामीलाई । यसरीनै बिगतमा हामीलाई उत्तानो पार्ने नेता ,सरकार र दरबारको कोपभाजन नभएको भए आज लिपु कोक्याउने थिएन,लिम्पियाधुरा दुख्ने थिएन अनि कालापानी चिच्याउने थिएन ।

हरेक रास्ट्रघात र सत्ताको लोलोपोतोसङ्ग हामीलाई गुमराहमा राखिएको छ। कालापानीमा भारतीय सेना परेड खेल्दा नदेख्ने को थियो ? हाम्रो भुमी समाबेश गरेर ४५ बर्ष अघि नै नक्सा बनाउन रोक्ने को थियो ? दिल्लिमै बसेर भारतसङ्ग सुरुङ युद्ध गर्छु भन्ने को थियो? महाकाली सम्झौताबाट मुलुकमा मध्यरातमा सुर्य उदाउँछ भन्ने को थियो ? एकएकको हिसाब गर्नु छ पृय। त्यो पनि लकडाउनमा बसेर सामाजिक दुरी कायम गरेर । हिसाब गर्नुछ, अनि रखबारी गर्नुछ बिगतका लोन्डुपहरु कतै प्रधानमन्त्रीका आशपास पुग्लान् र बिताउलान् । कि नेता,प्रशाशक या शासक बनेर बिगतमा बाउन्न्न थप्पर त्रिपन्न घुस्सा खाएकाहरु अब चाहिँ सुध्रिए ? सोध्नु छ बिगतका रत्नाकरहरु उस्तै छन् कि असली वाल्मीकि बनिसके?

पृय,हरेक पतिलाई पत्निको जन्म दिनमा बहुमुल्य कोशेली दिन पाए हुन्थ्यो जस्तो लाग्छ नि । मेरो पेशामा कतिपयकोमा त्यसरी सौजन्यमा नजरना प्राप्त हुन्छ र त बोल्दैनन् नेपालको चौथो अङग अनि खुल्दैन यिनको बिबेकको ढोका भन्ने पनि छ । तर नचिनेको र नदेखेको चोर बाउ बराबर भन्छन् ,त्यसैले तिमिलाई यहि गनगन भयो है उपहार। फेरि मलाई भारतका मिडियाजस्तो छालाको मात्र पोशाकमा आउने शौख पनि त छैन, न दाताको बफादारीमा नुनले गलाएकाहरुजस्तो चुप बस्न मन छ ।

तिम्रो जन्म दिनमा बिदेशबाट उधारोमा ल्याइएको “ह्यापी बर्थ डे “भन्न छोडेर मेरो भुमीमा ५९ बर्षदेखी बलात् बसेका भारतीय सेनालाई लल्कार्न मन पो छ त मलाई । तर डर लाग्छ,कतै त्यतिबेला दिल्लि र तिनका एमएम नरवाणेहरुले हाम्रा शासकले गोप्यरुपमा ती भुमीनै बिनिमय गरेको तमसुक पो देखाउँछन् कि ?

पृय, आजकल शँका गर्ने बानीले निद्रा लाग्नै छाडेको छ, मनिषालाई सानो ट्विट गर्दा सामाजिक लान्छना लगाउने र मानबियता नै त्याग्ने हुतिहाराहरुले कालापथ्थरमा काम गर्न जाने अनि कोइला खानीमा ध्वाँसे बनेका मेरा भाईहरुसङ्ग कतै गलत व्यवहार नगरुन् । गोर्खा बटालियनका नाममा सर्जिकल स्ट्राइकमा मेरा भारत महान भन्दै लडेका बहादुर गोर्खालीलाई विभेद नगरियोस् अनि फेरि कसैलाई आपराधिकरुपमा गोबिन्द गौतम नबनाइयोस् ।

पृय,यो साल यसै भो, अर्को सालको झन भर छैन । किनकी म त मेरा प्रधानमन्त्रीलाई खुट्टा कपाउँलान् भनेर आड दिन पो हिडेँ बालुवाटार लकडाउनको वास्ता नगरी,मेरा प्रधानमन्त्रीको कानमा खुफियाले कानेखुसी गर्लान् भनेर जासुसी गर्न तुल्लिएँ,म त मेरा नेता बिक्लान् भनेर खबरदारीको हल्लाबोलमा पो सरिक भएँ।यसैको नाममा उत्तेजनाको आडमा सम्बेदना नगुमोस् भनेर साइरन फुक्न देबनारायणहरुलाई बोलाउन जान्छु पृय ।
म कति दिन आउन्नँ थाहा छैन, सल्लाह मिलेन अनि अन्तरास्ट्रिय जगतले पनि मत्स्य न्याय गर्यो भने त म बलभद्र र भक्तीहरुसङ्ग सहमती गरेर अमरसिंह सहित किल्लाबाट बिदेशी फौज लखेटेर आफ्नो आँटोकिलो बाँधेर उतै बस्न पनि सक्छु । त्यतिबेला मेरो यादले सतायो भने ,मन बुझेन भने चित्त बुझाउन भने पनि अमर सहिद गङ्गालालले आफ्नो बुबालाई पठाएको चिट्ठी पढ्नु,सिरानीमा राखेर सुत्नु ल ।
तर पनि झिनो आशा पृय,मेरो प्रधानमन्त्रीले सिंह होशमै चढेका हुन् भने मलाई आशा पलाएको छ,यिनी नेल्सन बन्लान् लेन्डुप नबनुन्,महात्मा गान्धी बनुन् मोदी र नेहरु नबनुन् अनि पृथ्वीनारायण शाह बनुन् राजा चोग्याल जस्तो लाचार नबनुन् । आउ, तिम्रो जन्म दिनमा तिमी र म म बरू एउटा गीत गाऔँ –
कालपानी हाम्रो हो लिपु पनि हाम्रो ।
लिम्पियाधुरा छोड भारत यसमै छ तिम्रो राम्रो ।।

(राजेन्द्र बानिंंयाकाे फेसबुक वालबाट)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal