राष्ट्रप्रेमकाे बाटो : नाकाबन्दी

राष्ट्रप्रेमकाे  बाटो : नाकाबन्दी


महेश पौडेल

नेपालले राणा, राजा, प्रजातन्त्र , लोकतन्त्र र संघिय लोकतान्ति्रक गणतन्त्रको पनि अनुभब हासिल गर्यो । तर अपेक्षाकृत सफलता हासिल गर्न सकेन । रैतीबाट जनता भए तर नागरिक हुन सकेनन् । दल खोल्ने, चुनाबमा भाग लिने ,सरकार बनाउने, नेता र मन्ति्र बन्ने काम त भयो तर जनताले परिवर्तनको महशुस गर्ने लोकतान्ति्रक संस्कार संस्कृतिको जीवनशैली भएन । न्याय, पद, सम्मान र निर्वाचन किनबेचको बस्तु बन्यो । आदर्श, निष्ठा, इमान्दारिता निरिहियतामा परिणत भयो । स्वाभीमान,राष्ट्रप्रेम र साबैभौमिकता भन्दा ठूलो ब्यक्तिगत स्वार्थ बन्यो ।

हो, त्यसैले हर नेपालीहरुको आँट कमजोर भयो, शाहस कमजोर देखियो, माग्ने प्रबृत्ति बढ्यो । आफनै नेतृत्वप्रति बितृष्णा र बिश्वास हरायो । आज यही कारणले बिदेशीहरुको हस्तक्षेप गर्ने आँट बढ्यो । हेर्नुस् आज भारतले नेपाली भुमी लिपुलेक हुँदै चीनको मानसरोबर जाने सडक निर्माण गरी उद्घाटन गर्नु र नेपाललाई सरोकार नगर्नु बलियो उदाहरण हो , भोली यही काम चीनले नगर्ला भन्ने छैन ।

त्यतिखेर हामीलाई अन्य मुलुकहरुले कठैबरा बाहेक केही भन्ने छैनन् । यसको ज्वलन्त अनुभब हामीले नाकाबन्दीका बखतमा भोग्यौं । बिश्वका त्यति धेरै राष्ट्रहरुमध्ये कसैले पनि नेपालीमाथि अन्याय भयो भनेर चुँ समेत गरेनन् । त्यसैले हामी अरुको भर नपरौं । हामी आफैं त्यो शक्ति र सामाथ्र्य बढाऔं ।

शक्ति र सामथ्र्य अभिबृद्धिका लागी पहिले हामी भित्रको आँट बिश्वास, र प्रेम भर्नुपर्यो । दोश्रो धोकाधडी गर्ने ,अरुको सिता खाएर गीता गाउनेहरुको पहिचान गर्नुप्यो, दलिय र ब्यक्तिगत स्वार्थबाट माथि उठ्ने प्रण गर्नुपर्यो , तथ्य र प्रमाणका आधारमा बार्ता र संबाद गर्ने श्रृंंखला प्रारम्भ गर्नुपर्यो, मैले देशको एक रुपैया खाएँ भने बाबुको काट्टो खाए बराबर हुन्छ त्यसैले आजका मितिबाट नेपाल आमाको रगत खानेछैन भनेर संकल्प गर्नुपर्यो । साथै एक थुकी त सुकी हजार थुकी त नदी भनेझै सम्पूणर् बिदेशमा रहेका नेपालीहरुलाई स्देशमा फर्कन आब्हान गरौं । उनीहरुको बिषय बिज्ञताको पहिचान गरौं । सोही मुताबिकको बजेट र योजना तर्जुमा गरौं । हर नेपालीहरुले स्वदेशमै बसेर काम गर्छु र मुलुकलाई योगदान दिन्छु भन्ने अठोट सहितको प्रतिबद्धता मागौं । चाहे हामी खेती गरौं, चाहे हामी सडक खनौं, चाहे हामी हाईड्राेपावर बनाऔं वा पर्यटनका पुर्बाधार निर्माण गरौं । गर्न त केही गरौं ।

आखिर बिदेशमा पनि त काम गरेकैं छौं । त्यही श्रम केही बषर् नेपाली भुमिमा गरौं । देशले अबश्य सम्बृद्धिको बाटो पहिल्याउनेछ । मानिसहरु चर्चा गर्छन् ८० लाख नेपाली बिदेशमा छन् उनीहरुलाई नेपालमा के काम दिने ? काम जस्तो पनि हुन सक्छ , उसको सिप र दक्षतामा निर्भर हुन्छ । तर उसको रोजीरोटी र न्युनतम आबश्यकता पुरा हुने राज्यले ग्यारेण्टी गरौं । आज पनि ८० लाख नेपालीको घर छ, परिवार छन् । हो त्यही परिवारलाई सम्बृद्ध बनाउने योजना ल्याऊ । स्वास्थ्य र शिक्षाको सम्पूणर् जिम्मा राज्यले लिऊ । यसरी अगाडी बढ्दा देश बन्छ । तर यी चर्चा गरिरहदा खुल्ला अर्थतन्त्रका कुरा, आधुनिकताको कुरा, बिश्वब्यापीकरणको कुरा र स्वतन्त्रताको कुरा उठ्न सक्छ ?

तर म भन्छु यी सबै कामका लागी सदैब रेमिटेन्स् होइन रेमिटेनस् पठाउनेहरुको श्रमशक्ति नेपाललाई मागौं । यो काम सहज र सरल छैन । यसका लागी नेपालले एउटा अठोट गर्नु जरुरी छ । जो निणर्यले देश जोगाउन, नेपालीको श्रमको समूचित बिकास गर्न , राष्ट«प्रेमलाई उद्धेलित गर्न, सार्बभौमको रक्षा गर्न , आत्मनिर्भर बन्न, बिदेशीहरुलाई देखाउन र गोर्खाली हुनुको पूर्बजको साख फिर्ता गर्न नयाँ इतिहास कोर्नु जरुरी छ । त्यसको लागी असजिलो बाटो तर नयाँ नेपालको बाटो तय गरौं । त्यो बाटो यहाँहरुले सोचेभन्दा फरक छ । अब भारतले नेपाल बिरुद्ध नाकाबन्दी गर्छ कि भन्ने छोडिदिऊ , नेपालले भारत बिरुद्ध नाकाबन्दी गरौं ।सम्बृद्धिको बाटो खोलौं । परनिर्भरता होइन आत्मनिर्भर बनौं । यो बिकल्पको बाटो अबलम्बन गर्नुपर्ने बाध्यता र यसलाई सुधार गर्न पनि नेपाललाई १० बषर्को जरुरी छ । यो समय देशका लागी दिऊ । भोलीका सन्ततीका लागी दिऊ ।

जब कि कुनै पनि मुलुकको भौगोलोकि, राजनैतिक हस्तक्षेप आर्थिक बिषयसँग जोडिन्छ । त्यसैले यहाँ डा हर्क गुरुËको अध्यक्षतामा गठित बसाई सराई अध्ययन समूह २०३९ ले तयार पारेको प्रतिबेदनले दिएको सुझाब कार्यानवयन गर्नुको बदला उल्टै भारत परस्त नियम कानुन बनेको देखिन्छ । यस्को चर्चा गरौं ।

१. १९ औं शताब्दीमा पनि नेपालमा बिदेशी ब्यपारीहरुको भुमीका रहनु र १९२३ मा नेपाल र बृटिस भारत सरकारबीचको सन्धीले नेपालको ब्यापार भारतमुखी र निर्देशित हुनु पनि अहिलेको समस्याको कारण हो ।सन् १९५० को नेपाल र भारतको ब्यापार सन्धीले भारती नागरिकहरुलाई नेपालमा आएर ब्यापार गर्ने सहज बाताबरण बन्यो । उल्टै २०३८ सालमा बनेको औद्योगिक कानुनले समेत बिदेशी श्रमशक्तिको प्रबाह र आप्रावासनलाई प्रतिबन्धित नलगाए बाट कामदारहरुको समेत सहजै पहुँच भयो । त्यसैले ती कानुनी ब्यबस्था परिमार्जन गर्न कार्यान्वयनमा ल्याउन जरुरी छ ।

हो ,यीनै तथ्य र प्रमाणका आधारमा यसको समूचित प्रबन्धका लागी नेपाल सरकारले निर्यातमूखी अर्थतन्त्र, आत्मनिर्भरता र सार्बभौम नागरिक र सुरक्षित सिमाक्षेत्र र सुरक्षित नेपाली सहितको नेपाल निर्माण गर्न १० बषर्को योजना सहित नाकाबन्दी गर्नु जरुरी छ । त्यसो गर्न सकियो भने नेपाल अबश्य धनी हुनेछ । यसका लागी केही मुलभुत कार्ययोजना बनाउनु बान्छनिय हुन जान्छ ।

१.भारतलाई लागेको छ ,भारत बीना नेपाललाई टिक्न गाह््रो छ । तर हाम्रा अग्रजले नुन बाहेक सबै आफैं उत्पादन गरेका थिए । बरु नेपालले अन्न निर्यात गरेको इतिहास छ । आजै पनि भारत नेपालबाट रेमिटान्स आफनो मुलुक भित्रयाइरहेको छ । यसरी रेमिटान्स भित्रयाउने देशमा भारतका लागी नेपाल चौथो स्थानमा छ । अबका दिनमा नेपालले भारतबाट आयात होइन निर्यात गर्ने वाताबरण बनाउन ।

२. नेपालको प्रशासनिक सिमाहरुमा पूर्ब देखि पश्चिम सम्म १६९० कि.मि काँडेतार वा पर्खाल निर्माण गर्न ।

३. नेपाल भारत सिमानामा खास तोकिएका नाकाहरुबाट मात्र नेपाल र भारतबीच मानिसको आवागमनको ब्यबस्था गर्न र तोकिएका नाका बाहेक अन्य नाकाबाट आवतजावत रोक्न ।

४. सिमाना ओहोरदोहोर गर्न चौकीमा नाम दर्ता गरी अनुमति पत्रका आधारमा छोटो समय( नातादेर हरुको भेटघाट आदी) का लागी दिने, लामो अबधिका लागी र १० कि.मी दुरी टाढाका सम्पूणर्लाई राहदानीको ब्यबस्था गर्न ।

५. तराईका खेतीयोग्य जमिनहरुमा आभास निर्माण गर्न रोक लगाई आधुनिक कृषि र तरकारी उत्पादन गरी नेपालाई आत्मनिर्भर बनाई बिदेशमा निर्यात गर्न ।

६.तराइमा बसोबास गरेका सम्पूणर् किसानहरुलाई अनुसन्धान केन्द्र स्थापना गरी बाली बिज्ञ बनाउने कार्यको थालनी गर्न ।

७.नेपाल भारत सिमानालाई पूणर् बन्द गरी पारीवारीक कार्य बाहेक अन्य लाई रोक लगाइ अपराधिक कृयाकलाप गरी नेपालमा लुक्न आउने काम बन्द गराउन र सिमा क्षेत्रका बासिन्दालाई सुरक्षित राख्न ।

८.नेपाल सानो देश छ । तर पनि सम्पूणर् बिबिधताले परीपूर्ण । नेपालीले कोहीसँग हात थाप्नुपर्ने अवस्था छैन । हामीसँग नभएको पेट्राेल र ग्याँस हो । त्यसैले जलबिद्युतको उत्पादन बृद्धि गरी ग्याँसको अलाबा बिद्युत उत्पादन गर्न सक्छौं भने पेट्राेलसंग पानी बेच्न सक्छौं । भारतलाई अबको १० बषर्मा पानीको खाँचो पर्ने अध्ययनहरुले देखाइसकेको छ । त्यसैलेउसको हाम्रा महाकाली जस्ता नदीमा गिद्धे दृष्टि परेको हो त्यसलाई रोक्न ।

९.नेपालमा अब १० बषर्मा बनिनसक्ने कुनै पनि जलबिद्युत आयोजना छैन । यो नेपालीहरुकै सहयोगमा बनाउन सकिन्छ । यसका उदाहरणहरु हामीसँग छन् । ४५ हजार मेगावाट संभाबना रहेको देशमा २ हजार मेगावाट भए खाना पकाउन काफि हुन्छ । यही बिद्युत पनि भारतलाई खाँचो हुनेवाला छ । त्यसैले बिद्युत बेच्न पनि नाकाबन्दी जरुरी छ ।

१०.बिगतमा सञ्चालनमा रहेको टली बस बन्द छ ।यसलाई सञ्चालन गरी बिस्तार गरी देशका बिभिन्न शहरमा सञ्चालन गर्न ।

११.बिश्वबिद्यालय, अस्पताललाई राजनीतिबाट टाढा राख्न र खोजमुलक र उत्पादनमुलक शिक्षाको महत्व बढाउन ।

१२.सूचना प्रबिधि, अन्य प्रबिधि, मेडिकल साइन्स लगायत नेपाली बिद्यार्थीले चाहना गरेका बिषयमा उच्च शिक्षाका लागी बिश्वबिद्यालयहरु , जडीबुटी, पर्यटन, जलश्रोत जस्ता बिषयको खोज र अनुसन्धान केन्द्र स्थापना गर्न ।

१३. कुनै पनि राष्टिय निणर्य लिदा कसैको प्रलोभनमा परेको प्रमाणीत भएका र राष्टीय अखण्डता, स्वाधिनताको बिषयमा राष्ट बिरुद्ध बोलेमा कडा कार्बाहीको ब्यबस्था गर्न ।

१४. नागरिकता संबन्धि ब्यबस्था २०४७ सालको भन्दा पनि कडा गरी गैह्र नेपालीलाई कुनै पनि हालतमा नेपालको नागरिकता नदिने र दोहारो नागरिकता लिनेलाई देश निकाला र आजिवन काराबासको ब्यबस्था गर्न ।

१५.बर्तमान संघिय संरचनामा संशोधन गरी स्थानीय तह र संघिय संरचना राख्ने । त्यसमा पनि संघिय संसदमा १ सय सांसद र स्थानीय तहमा चुस्त , दुरुस्त जनप्रतिनीधि र कर्मचारीको प्रबन्ध गर्न । अनाबश्यक सेवा सुबिधा, कर्मचारी, राजनैतिक नियुक्तिको ब्यबस्था बन्द गर्न ।

१६. प्रत्येक गाउँपालिका र नगरपालिकामा सुबिधा सम्पन्न अस्पताल बनाई नागरिकहरुलाई गुणस्तर सेवा दिन र स्वास्थ्य उपचारमा बिदेशिने रकम रोक्न

१७. जमिन बाँझो राख्नेलाई कडा कार्बाही गर्ने र बस्ती एकिकृत गरी सामूहिक ब्यबसायीक खेती गर्न उत्प्रेरणा जगाउने र सामूहिक बसाईलाई प्रेरित गर्ने ।

१८.राजनैतिक नेतृत्वलाई उमेरको मापदण्ड लागू गर्ने, दलहरुलाई राज्यले निश्ििचत खर्च दिने । त्यसको लेखा परीक्षण जनताबीच सार्बजनिक गर्ने । तोकिएको भन्दा बढी खर्च गर्ने दललाई खारेजी गर्ने ब्यबस्था मिलाउने ।

१९. ब्यबसायमा नलागेका कुनै पनि ब्यक्तिलाई राजनैतिक दलको सदश्यता दिन रोक लगाउने ।

२०. तामा, फलाम खानीहरुको अनुसन्धान गर्ने ,गिट्टी, बालुवा लगायत नदीजन्य उत्पादनलाई ब्यबस्थित गर्ने ।

२१. घरहरु निर्माण गर्दा नेपाली पहिचान झल्कने एकै खाल्का नेपाली स्रोत र साधन प्रयोग गरी भुकम्प प्रतिरोधी बनाउने ।,

२२. हाम्रा धार्मीक मठ, मन्दिर, देबालय, ऐतिहासिक पाटी ,पौवा निर्माण गरौं , नयाँ सभ्यता र पुराना कला कौशललाई संरक्षण र प्रबद्र्धन गरौं ।

यी कर्मलाई अक्षरशः पालना गरौं । सम्पूणर् मित्रराष्टहरुलाई भनौं । हामी स्वदेशी उत्पादन र प्रयोगको नयाँ शैलीमा मुलुक निर्माण गर्न चाहन्छौ हामीलाई १० बर्ष दिनुस् । त्यसपछि नयाँ अध्यायमा नेपाल बिश्वसामू फेरी प्रस्तुत हुनेछ भनेर । हामीले आन्दोलनका नाममा, ब्यबस्थाका नाममा दशकौं बिताएका छौं । अब निर्माणको नयाँ युगमा जुटौं । १० बषर्का लागी भारतबाट आयात गर्ने छैनौं , श्रमशक्ति निर्यात गर्नेछैनौं । नेपाललाई उपभोग गरेर बाँकी रहेको भारत लगायत बिश्व बजारमा बिक्रि गर्न सक्षम हुनेछौं त्यसैले नाकाबन्दी गरौं । सम्बृद्ध नेपाल बनाऊ।
जय नेपाल !

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal