सामरिक सम्बन्ध: नसुल्झिएको एक पहेली

सामरिक सम्बन्ध: नसुल्झिएको एक पहेली


प्रविण सापकोटा

सामरिक शब्दलाई कुटनीति, राजनीति र रणनीतिको मातृ शब्द भन्दा केहि फरक नपर्ला | नेपालको सन्धर्भमा भन्नुपर्दा पुर्खाले सुम्पिएको संयुक्त एवम विश्वसमुदायमा सम्मानित नेपाल अहिले असुरक्षित र एक्लिएको महसुस भएको छ | सानो तर सामरिक महत्वको भुस्थापन बोकेको नेपालका लागि स्वतन्त्रता र स्वाभिमान जोगाउने कुरा आजका दिनसम्म आउदा पनि कठिन नै देखिन्छ | राष्ट्रिय राजनीतिको स्वामित्व आफ्नो हातमा राख्नु नसक्दाको पिडा इतिहास र भूगोलको खतरा सारा नेपालीलाई आज सम्म दुखेको छ |

१९ औं शताब्दी देखि नेपाल बाहेक पुरै दक्षिण एसियालि मुलुक बेलायती साम्राज्यको उपनिवेश बन्न पुगेका थिए | यहाँका उपनिवेशिक देशहरुले आफ्नो स्वतन्त्रता गुमाएको बेलामा पनि साम्राज्यवादी शासन र शोषणको जुवाबाट स्वतन्त्र रहेको नेपाल आज आफ्नो गौरवमय इतिहासबाट नेतृत्व वर्गलाई एकता बद्ध हुन, राष्ट्रप्रति समर्पित हुन र आफ्नो इतिहासलाई अक्षुण राख्न नेतृत्व वीच साझा बुझाई सहितको नीतिको निरन्तरता र राजनितिक प्रतिबद्धताको पाठ सिकाउनु आवस्यक रहेको देखिन्छ |

परराष्ट्र नीति र अन्तराष्ट्रिय संबन्धको लक्ष्य राष्ट्रिय हित तर्फ हुनुपर्दछ र राष्ट्र सुरक्षित राख्न सामरिक संबन्धको विकास हुनु अतिअवास्यक कुरा हो | दक्षिण एसियालि परिदृश्य हेर्दा अमेरिका र सोभियत सङ्घका सामरिक रणनीतिको क्रिडास्थल बन्नपुगेको आठओटै मुलुक आफ्नो कानुनि भौगोलीक अखण्डता, राजनीतिक स्वामित्व र सार्वभौमिकताको लडाईंमा शीतयुद्धको भुमरीलाई पार लगाउन निकै कठिन देखिन्छ |

दक्षिण एसियाभित्र पनि एकआपसमा आफ्नो स्वामित्वको वर्चस्व कायम गर्नका निम्ति आ-आफ्नो रणनीतिक योजनाहरु निर्माण गरि साना छिमेकिहरु माथि अस्थिरताको वाण प्रयोग गरिरहेको देखिन्छ | नेपालमा भारतले सामरिक दृस्टीले सबैभन्दा चुनौती ठानेको चाहीं चीनको बढ्दो उपस्थिति हो | पिछडिएको सामाजिक चेतना, आर्थिक दूरावस्था, धार्मिक तथा सांस्कृतिक रुढीवाढीताको तुवाँलोका धब्बा पोतिदिएर आर्थिक, राजनीतिक तथा सामरिक उद्देश्य प्राप्तिको निम्ति क्रिडास्थल बनाउन चाहने छिमेकि आफ्नो प्रभाववृत बाहिर जाला भन्ने दक्षिणको चिन्ता बुझ्न सकिन्छ | आर्थिक र प्राविधिक क्षेत्रमा भारत-चिन बीच जति सहकार्य छ, सुरक्षा र सामरिक मामिलामा उत्तिकै प्रतिस्पर्धा पनि छ | नेपालले भारत र चिन संगको संबन्धलाई स्पष्टसंग परिभाषित नगर्दा आन्तरिक राजनीति प्रभाव परिरहेको हामि आज पनि देख्न सक्छौं | सामरिक महत्व बुझ्ने, बुझाउने परिपाटी नहुदा अरुको प्रभाव पर्नु नै हाम्रो दुर्भाग्य हो | विशेषगरी भारतीय प्रभाव अलि बढी नै छ, नियन्त्रित अस्थिरता को प्रयोगवादी प्रवृत्ति व्यवहारमा स्पष्टसंग महसुस हुन्छ | यसको उदारहणमा भुटान-भारत बिचको संबन्धलाई लिन सकिन्छ स्वतन्त्र कुटनीतिक अभ्यास गर्दा भुटान दिल्लीको प्रतिक्रियात्मक भुमरीमा परेको थियो |

आपसमा जतिसुकै विवाद भए पनि भारत र चीन सहकार्य गर्दै अघि बढिरहेका छन् तर नेपालको मामिलामा चाही भारत आफ्नो कुटनीतिक दयारा नाघेर सबै जसो मामिलामा पकड जमाउन चाहन्छ | नेपालको सिमा विवाद पनि भारतको सामरिक क्रिडास्थलले निम्ताएको समस्या हो |

नेपालको तुलनामा भारतीय नितिग्यहरु अलिबढीनै व्यवस्थित देखिन्छन, उनीहरुमा परराष्ट्र नीतिमा साझा राष्ट्रिय नीति हुने गर्दछ तुलनात्मक रुपमा नेपाललाई हेर्दा प्राज्ञिक र अनुसन्धानात्मक कार्य गर्ने परिपाटी छैन | खुला सिमाना, परनिर्भर चिन्तन र राजनीतिक संरक्षकत्वले जन्माएको सामरिक द्वन्द नेपालसंग राष्ट्रहित विपरित भएका सन्धिहरु नै ज्वलन्त उदारहण हुन् |

कुटनीतिक कौशल र दुरदर्शिताको अभावले पूर्वकाल देखिनै सामरिक संबन्ध पहेलिको रूपमा क्रिडास्थल बनेको नेपाल आज पनि यो समस्याले बिझाइरहने घाउ बनेर बसेको छ |

नेपालको सार्वभौम क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले एकपक्षीय रुपमा बनाएको सडकलाई हेर्ने हो भने नेपाल वास्तवमै सामरिक द्वन्दमा कम्जोर साबित भएको छ | आफ्नै भूगोलमा सडक बनिरहेको पनि थाहा नपाउने सरकारको रबैयालाई हेर्दा भारतीय प्रभाव भएको मान्न सकिन्छ । भारतले आफ्नो विरुद्ध आवाज उठ्नसाथ विरोध गर्ने मुखमा एक गाँस हाल्ने गरेको घटनाहरु देख्ने गरिएको छ । अहिले पनि भारतको रक्षामन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सडकको उद्घाटन गर्दैछ भन्ने कुरा हाम्रो सरकारले चाल पनि पाएन । दिल्लीमा भएको हाम्रो राजदुतले गन्ध पनि भेटाएनन् । उद्घाटन गरिसके पछि मिडियामा आएपछि मात्रै थाहा पाए । यहाँ हाम्रो कुटनीति निकै चुकेको छ । यदि हाम्रो कुटनीति सहि थियो भने पहिलै चाल पाउने स्थिति हुन्थ्यो । यसबाट के बुझिन्छ भने दलीय भागबन्डा र प्रभावबाट मुक्त हुन नसकेको शासकीय पद्धतिले नेपाल झन् कमजोर र छिमेकि संबन्धमा बहुपक्षीय अन्योल बढेको छ | सामरिक संबन्ध विकाश गर्ने नेपालको अवस्था र क्षमता नेपाल संग छैन जसले गर्दा अर्को महाविपत्ति नआउला भन्न सकिन्न |

राष्ट्रिय हित प्रति एकलव्य बन्नै पर्ने कुरा नेतृत्व वर्गले बुझ्नु पर्ने हुन्छ | मुलुकलाई आर्थिक रुपले इतिहासमै सबैभन्दा बढी जरजर, सामरिक शक्ति सञ्चय र सन्तुलनको ओरालो लागेको मृगबाट बचाउने हो भने व्यवहारशिल परराष्ट्र नीतिको तर्जुमा र कार्यन्वयनमा सबैको साझा उदेश्य हुनु जरूरी छ | सामरिक विकाश निम्ति अन्तरिक राजनीति द्वन्दको अन्त्य हुन जरूरी छ | यो बुझ्नु जरुरि छ कि कुटनीति भनेको राजनीति सफलताको लागि गरिन कार्य होइन । सबैभन्दा ठूलो विफलता कुटनीतिक विफलता हो । यो विफलताले मुलुकको स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डता माथि प्रश्न चिन्ह खडा गर्दछ | यो विफलताले सिक्किमिकरण नहोला भन्न सकिन्न |

मुलुकलाई संक्रमणको गोलचक्करबाट बाहिर निकाल्न, प्रयोगवादीहरु बाट पछाडी नपर्न, राष्ट्रिय हित जोगाउन र मित्रता सकारात्मक तवरले बढाउन कुटनैतिक कौशलता को विकाश नै सामरिक संबन्धको पहेली हटाउनु हो जुन राम वाण सावित हुनेछ | वि.पि कोईरालाको कुटनैतिक क्षमतालाई बुझि अनुशरण गर्ने हो भने पनि राष्ट्रिय नीतिमा सामरिक संबन्धको विकासमा टेवा पुग्ने छ | अझै भन्दा सामरिक पहेली बाट छुटकारा पाउने हो भने राज्य सत्ताले कृष्ण दृष्टिको मूल्य मान्यतालाई व्यवहारशिलतामा कसरत गर्नै पर्ने हुन्छ |
जयतु सदा |

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal