मनोनीत केंद्रीय सदस्य हुमागाईद्वारा पत्रकारलाई ज्याकेट प्रदान

मनोनीत केंद्रीय सदस्य हुमागाईद्वारा पत्रकारलाई ज्याकेट प्रदान

काभ्रेपलाञ्चाेक / नेपाली कांग्रेसका मनोनीत केंद्रीय सदस्य शिव हुंमागाईले पत्रकार महासंघ काभ्रे शाखालाई प्रेस ज्याकेट उपलब्ध गराएका छन् ।

नेपाल पत्रकार महासंघकाे कार्यालयमा आयाेजना गरिएकाे वितरण कार्यक्रममा बाेल्दै हुमागाईले जाेखिममा रहेर पनि जनतालाई सुचना सम्प्रेषणमा अग्रणि भुमिका निर्वाह गरेकाेमा पत्रकारकाे उच्च प्रशंसा गरेका छन् ।

कुल ४० थान प्रेस ज्याकेट र ९० थान मास्क उपलब्ध गराएकाे नेपाल पत्रकार महासंघका एक पदाधिकारिले जानकारि दिए ।

मनाेनित केन्द्रिय सदस्य हुमागाईले केही समय अगाडि जिल्लामा रहेका १३ वटै स्थानिय निकायमा पिपिई, माक्स लगाएतका स्वास्थ सामाग्री वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal