धुलिखेल उद्योग वाणिज्य संघकाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धुलिखेल उद्योग वाणिज्य संघकाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काभ्रेपलाञ्चाेक/ धुलिखेल उद्योग वाणिज्य संंघले विश्व महामारिकाे रुपमा फैलिएकाे काेराेना भाईरसका कारण र देशमा गरिएकाे लक डनउनका कारण व्यापार व्यावसायमा पर्न गयकाे असरप्रति ध्यानाकर्षण गराएकाे छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयलाई पठाईएकाे पत्र अन्य सराेकार निकायलाई बाेधार्थ गरिएकाे छ । पत्रकाे पुर्ण पाठ निम्नानुसार रहेकाे छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
सिंहदरवार, काठमाण्डौ ।
मार्फत – श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू
जिल्ला प्रशासन कार्यालय काभ्रे ।
विषय : ज्ञापन पत्र
प्रस्तुत विषयमा काेेेेराेेना भाईरस (काेभिड – १९) विश्वव्यापि महामारीबाट हाम्रो देशलाई बचाउन र यसको प्रभाव समग्र आर्थिक र सामाजिक क्षेत्रमा कम गराउनको लागि नेपाल सरकारले अंगिकार गरेको निति तथा कार्यक्रमहरु प्रति निजि क्षेत्रको साथ, सहयोग र प्रतिवद्वता रहेको जाहेर गर्दछौं । नेपालको आर्थिक एवं सामाजिक समुन्नतिमा नेपाल सरकार संगै हातेमालो गर्ने निजी
क्षेत्र आज यस विषम परिस्थितिमा थलिएको छ । नेपाल सरकारको समृद्घ नेपाल सुखि नेपाली नाराको पूर्ण सफलताको लागि उत्साहित भएर लागि परेको निजि
क्षेत्रको लागि यस विषम परिस्थितिमा सर्वसुलभ रुपमा उद्योग व्यवसाय सञ्चालन गर्ने अवस्था श्रृजना गर्न उपयुक्त निति, नियम तथा ऐन कानुनको प्रावधान गरिदिनुहुन अनुरोध गर्दछौं । नेपाल सरकारले यस महामारी रोकथामकोलागि गरेको बन्दाबन्दीमा पूर्णरुपमा निजी क्षेत्रले साथ र सहयोग गरि आएको यहाँ समक्ष विदितै छ ।धुलिखेल उद्योग वाणिज्य संघले यस विषम परिस्थितिमा स्थानीय सरकार, विभिन्न
सरकारी निकायहरु तथा विभिन्न गैर सरकारी निकायहरु संगको समन्वयमा विभिन्न जनचेतनामुलक कार्यहरु, क्वारेन्टाइनमा चाहिने अत्यावश्यक सामाग्री प्रदान, सर्वसाधारणहरुको लागि अत्यावश्यक खाद्यान्न सर्व सुलभ
गराउने एवं स्वस्थ केन्द्रहरुलाई अत्यावश्यक सामग्रीहरु प्रदान गर्ने कार्य गरि आफ्नो सामाजिक दायित्व निर्वाह गरेको कुर यहाँ समक्ष स्मरण गराउदछौं। साथै स्थानीय सरकारसंगको साझेदारीमा राहत वितरण समेत गरेको छ । यस्तो विसम परिस्थितिमा राष्ट्रको अर्थव्यवस्था चलायमान राख्नु ठुलो
चुनौतिको विषय हो । राष्ट्रको अर्थ व्यवस्थालाई पुरानै अवस्थामा चलायमान गर्न निजी क्षेत्र नेपाल सरकार संगै हातेमालो गरि बढ्न तमतयार रहेको छ । निजी क्षेत्र यस महामरि पश्चातको देशको आर्थिक तथा सामाजिक अवस्थाबारे पूर्ण रुपमा सचेत छ र सो पुरानै अवश्थामा फर्काउन नेपाल सरकार सँगै साझेदारी गरि अघि बढ्ने प्रतिवद्घता जाहेर गर्दछौं । हालको बन्दाबन्दीको अवस्थामा एवं बन्दाबन्दी खुल्ला भइसके पछि पनि निजि क्षेत्रमा यस महामारिको दुरगामि प्रभाव पर्ने देखिएको छ । अतः यसबाट देशको कुल ग्राहस्त उत्पादनमा ७०% योगदान गर्ने निजि
क्षेत्रको तफबाट नेपाल सरकार समक्ष निम्न अनुरोध गर्दछौं ।
बुुंदाहरु :
१. हालको परिस्थितिमा निजि क्षेत्रले बंैक तथा वित्तिय संस्थाहरुलाई ऋणको साँवा र व्याज तिर्न नसक्ने भएकोले बन्दाबन्दीको अवधिभर सो तिर्न नपर्ने व्यवस्था कायम गरिदिनु हुन ।
२. बन्दाबन्दी खुल्ला भएको अवस्थामा अर्थिक कृयाकलापहरु पहिलेकै अवस्थामा फर्कन केहि वर्ष लाग्ने भएकोले हाल निजि क्षेत्रले बैंक तथा वित्तिय संस्थाहरुबाट
प्राप्त गरेको कर्जा पुनर्वित गरि व्याजदर ५% तथा ऋणको अवधि ३ वर्ष थप गरिदिनु हुन साथै बन्दाबन्दी खुलेको २ वर्ष सम्म व्याजदर ५% गरिदिनुहुन ।
३. बन्दाबन्दीको समयावदी भर विमाको प्रिमियिम तिर्न नपर्ने र बन्दाबन्दीको कारणले भएको नोक्सानको क्षतिपूर्ति मिलाइ दिनुहुन ।
४. बन्दाबन्दीको समयावदी भर घर भाडा नलिनु भनेर नेपाल सरकारले गरेको आग्रह स्वागत योग्य छ । यसलाई गम्भिरताका साथ कार्यन्वयनमा जोड दिन गरिदिनुहुन ।
५. व्यवसायिक रुपमा सञ्चालनमा रहेका कृषि तथा पशुजन्य फर्महरुका उत्पादनले हाल बजार नपाइरहेको अवस्थामा नेपाल सरकार÷प्रदेश सरकार÷स्थानीय सरकारले
उक्त उत्पादनको बजारिकरण गरिदिनुहुन एवं कृषि तथा पशुपालनको लागि चाहिने सम्पूर्ण आवश्यकता सरकारले पूर्ण गराई दिनुहुन ।
६. बन्दाबन्दीको अवधि र सो खुले पश्चात विजुलीको मुल्य न्युनतम कायम गरिदिनुहुन एवं पेट्रोलियम पदार्थमा सहुलियत प्रदान गरिदिनुहुन ।
७. संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले लिने गरेका सम्पूर्ण करहरु÷व्यवसाय कर बन्दाबन्दीको अवधिभर मिनाहा र खुले पश्चात न्युनतम गरिदिनुहुन । साथै स्थानीय सरकारले लिने सम्पत्ती कर, व्यवसाय कर,
सरसफाई करघरभाडा कर, विज्ञापन कर, आदि कर तथा शुल्कहरु बन्दाबन्दीको अवधिभर तथा आगामि आ.व. ०७७÷७८ सम्म पूर्ण रुपमा मिनाहा एवं आ.व. ०७८÷७९ को लागि ५०% सहुलियत प्रदान गरिदिनुहुन ।
८. संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई बुझाउनु पर्ने करहरु एक द्वार प्रणलिबाट तिर्ने व्यवस्था गरिदिनहुन ।
९. बन्दाबन्दीको अवधिभर पूर्ण पारिश्रमिक प्रदान गर्न उत्पादनमुलक तथा सेवा मुलक क्षेत्रहरु असमर्थ भएकोले सामाजिक सुरक्षा कोषबाट निरव्याजी रकम उपलब्ध
गराई दिनुहुन ।
१०. नेपाल सरकारको महत्वकांक्षी परियोजना नेपाल भ्रमण वर्ष २०२० सभ्य र भव्य रुपमा सफल बनाउन पर्यटन व्यवसायीहरुले निकैनै उत्साहित भएर गरेको लगानि यस
महामारिले गर्दा व्यर्थ हुने अवस्थामा पुगेको छ । यस क्षेत्रको उत्थानको लागि विशेष प्याकेजको व्यवस्था गरिदिनुहुन ।
११. चालु आ.व.को अन्तमा सम्पन्न गर्नुपर्ने ठेक्का पट्टामा निर्माण कार्यको अवधिलाई हर्जाना मिनाहा सहित म्याद थपको व्यवस्था गरिदिनुहुन ।
१२. विदेशमा काम गरि स्वदेश फर्किएका कामदारहरुको शिपको अधिकतम उपयोग हुने निति तथा कार्यक्रम ल्याउनु हुन ।१३. नेपाल सरकारले ४४ उद्योग तथा व्यवसायिक निकायहरुको विना पासमा सञ्चालन गर्नदिने भनियता पनि मजदुर तथा सञ्चालकहरुलाई जिल्लाबाटै उद्योग
वाणिज्य संघको सिफारिसमा पास उपलब्ध गराई दिने व्यवस्था मिलाई दिनुहुन ।
१३. नेपाल उद्योग वाणिज्य महासंघको मिति २०७७ जेष्ठ ५ गतेको विज्ञप्ती अनुसारको मौद्रिक निति, श्रम तथा रोजगार निति एवं कर ऐन आदि सुझाव अनुसारको बजेटमा व्यवस्था गरिदिनुहुन । अकल्पनीय यस चुनौतीको सचेततापूर्वक व्यवस्थापन गर्दै समग्र राष्ट्रलाई यस महामारीबाट छुट्कारा दिलाई समृद्घ नेपाल निर्माण अभियानमा हालतेमालो
गर्न धुलिखेल उद्योग वाणिज्य संघ सदैब प्रतिवद्घ रहेको व्यहोरा अनुरोध गर्दै हाम्रा सुझावहरु कार्यान्वयनका लागि यहाँहरुको सकारात्मक पहलकदमीका लागि अनुरोध गर्दछौं ।
बोधार्थ :
१. श्रीमान् नगर प्रमुखज्यू
धुलिखेल नगरपालिकाको कार्यालय
२. श्रीमान् अध्यक्षज्यू
नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौ
३. श्रीमान् अध्यक्षज्यू
नेपाल उद्योग वाणिज्य महासंघ, वागमति प्रदेश, काठमाण्डौ

मन्जु कुमार कोजू
अध्यक्ष
धुलिखेल उद्योग वाणिज्य संघ एवं
परिवार

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal