सशस्त्रलाई पीपीई र फर्स्ट एड किट्स

सशस्त्रलाई पीपीई र फर्स्ट एड किट्स

काठमाडौं/ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण गरिरहेका सहयोगी संस्थाहरुले सशस्त्र प्रहरी बलका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी सहित फ्रन्टलाइनमा क्रियाशील हरुका लागि सेवारत प्रारम्भ नामक सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले सशस्त्र प्रहरीलाइ अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

दुवै संस्थाले सशस्त्र मुख्यालयमा आयोजित एक कार्यक्रममा महानिरीक्षक शैलेन्द्र खनाललाइ पीपीइ किट्स ७० सेट, फर्स्ट एड किट्स २ सय १६ थान र एन ९५ मास्क २ सय ४० थान हस्तान्तरण गरेका थिए ।

उक्त सामग्री वरिष्ठ कलाकार हरिबंश आचार्य, गायिका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसका लागी नेपाल प्रतिनिधि कल्पना क्षेत्री र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले हस्तान्तरण गरेका हुन्।

विपद, प्रकोप र महामारीका बेला सधै फ्रन्टलाइनमा सक्रिय सेना तथा प्रहरीलाइ सम्मान र हौशलाका लागि मायाको चिनो स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal