डिभी र गुन्द्रुक

डिभी र गुन्द्रुक

जगन्नाथ अधिकारि

डिभी परेको दिन
परिवारिक बैठकमा उसले निर्णय सुनायो-
सिम्ले खेत बेचिदिनू ,
ठुली चौरको बारी बाझै रहेनी रहोस्
गाई, भैंसी, बाख्रा , कुखुरा
सबै बेचिदिनू ,
उसको निर्णय सर्वसम्मत भयो
निर्णयको विपक्षमा परिवारको कोहि सदस्य उभिएन।
(१)
अमेरिका उड्ने खुसियालीमा
उसले ठुलै पार्टी दियो
कक्टेल पार्टी पो भन्थे
रवाफमा रम्नेदेखि कवाफमा जम्नेहरुसम्मको
बाक्लै भिड थियो पार्टीमा
भोलीपल्ट गाउको चिया पसलमा समाचार छायो-
एउटा सानो कक्टेल पार्टीमा
पाँच पाँच लाख खर्च रे
आहा, अमेरिका त स्वर्ग नै पो रै छ त !
(२)
टोल छिमेक उसकै चर्चा
मेलापातमा उसकै चर्चा
फलानाको छोरो जस्तो पो छोरो हुनु
मेलामा काम गर्नेहरु गफिन्थे-
यहाँको इन्जिनियर के काम?
डाक्टर अनि मास्टर के काम?
प्रशासक के काम ?
सहित्यकार के काम ?
पैसो कमिदैन
यहाँको रुपैयाँको के भ्यालु ?
डलर पो पैसा हो त
साग ढिडो अनि दालभातले भन्दा
पिज्जा र स्यान्डविचले पो शक्ति दिन्छ रे ।
(३)
छ महिनापछि डिभीवालाले बाउलाई चिट्ठी पठायो-
बा, पहिलो कुरा डलर पाउनै गाह्रो
दोश्रो डलरसङ्ग दैनिकी साट्नै गाह्रो
डलरसङ्ग साटिएका बस्तुहरु पनि त्यत्ती स्वादिला छैनन्
आत्मियताको मसला
अनि सद्भावको भुटून पाउन गाह्रो रहिछ यहाँ ,
यान्त्रिक जिवनसैली र अतिब्यक्तिबादीताको मनोरथमा
डलरको मात्र स्वाद अलिनु झै लाग्दोरहेछ।
त्यसैले , त्यताबाट पठाइदिनु होला-
~दुई किलो गुन्द्रुक
~पाँच किलो मासको दाल
~ तीन किलो जिरा पिधेको
~दुई किलो अरु मसला ।
(४)
~ धन्यवाद ~
२०७७/०२/१४
( कसैको जीवनसङ्ग मिल्न गएमा केवल संयोग मात्र बुझिदिनु होला।)

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal