कोभिड-१९ नियन्त्रण गर्न तिनै तहको सरकारको लागि नागरिकको अपिल

कोभिड-१९ नियन्त्रण गर्न तिनै तहको सरकारको लागि नागरिकको अपिल

मच्छिन्द्र कुमार लामा

भुकम्पको कारणले अस्तब्यस्त अर्थतन्त्रमा केहि सुधार आउने क्रम प्रारम्भ भयको थियो। फेरि सन् २०१९ को डिसेम्बरमा चिनको हुवान राज्यबाट सुरू भयको कोरोना भाईरस कोभिड १९ ले विश्व महामारीको रूप लिदै विश्व भर फैलैदै गयो।

छिमेकी मुलुक चिनवाट सुरू भयको महामारीले छिमेकी मुलुक भारत पनि अछुतो रहन सकेन। खुल्ला सिमाना, दुवै देशका नागरिकलाई आवत जावतमा सरलता भएकै कारणले नेपालमा पनि यसको जोखिम बढ्दै गयो। यस बिषयलाई मध्य नरज राख्दै नेपाल सरकारले पनि २०७६ चैत्र ११ गते बाट आफ्ना नागरिकहरूलाई विभिन्न संचारमाध्यम बाट सचेत गराउँदै लकडाउनको घोषणा गर्यो। करिब ३४ दिन सम्म विश्व महामारी कोभिड १९ ले नेपालमा असर गरेको थियन्। सरकार द्वारा ४२ वटा उध्योग, ब्यबसाय र कलाकारखाना र विकास निर्माणको कार्य हरू बिस्तारै सुचारू गर्ने सुचना जारी गरीब लकडाउनलाई केही खुकुलो गरेको थियो। एक साता बित्न नपाउँदै कोरोना भाईरस संक्रमित संख्या लगभग १०० को संख्यामा पुग्यो। सरकारले पुन पुर्व निर्णय फिर्ता गरी लकडाउनलाई कडाई गर्यो।

यो समाचार तयार गर्दा सम्म (२०७७/०२/१५, बिहानकाे ७:०० बजे) विश्व भरमा ५७८१६१३ जना संक्रमित, ३५६८२५ को मृत्यु र २४९३०९१ जनालाई पुर्ण निको भैसकेको विवरण विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ। त्यसैगरि हाल सम्म २९३१६९७ संक्रमित मध्ये सामान्य अवस्थामा २८७८७२८ जना सामान्य अवस्थामा छन भने ५२९६९ जनाको स्वास्थ्य जटिल अवस्थामा छ। नेपालमा भने ८८६ जना संक्रमित, १८३ जना पुर्ण निको र ४ जनाको मृत्यु भैसकेको छ । यो विवरण देशभित्रको मात्र हो। देश बाहिर मृत्यु भयको नेपालीहरूको एकिन विवरण आईसकेको छैन।

यस अवधिमा कोभिड १९ नियन्त्रणको लागि संघिय सरकार,प्रादेशिक सरकार(बाग्मती) र स्थानीय सरकार(वेथानचोक गाउँपालिका) के के गरिरहेको छ भन्ने बिषयमा केही बिषय चर्चा गर्नु बान्छनिय होला। संघिय सरकारले यस रोगको नियन्त्रणको लागि नितिगत निर्णय र परिक्षणको लागि औषधी तथा उपकरणको जोहो गरेको पाइन्छ। जुन यथेष्ट भने छैन। बाग्मती प्रदेश सरकारले यस रोग नियन्त्रणको लागि यस अवधिमा खासै लेखनयोग्य कार्यहरू कुनै गरेको छ जस्तो लाग्दैन । अझ मुख्य मन्त्री सहित मन्त्रीज्यू हरू दुनियाँमा सबै भन्दा बढि त्रसित भई सेल्फ क्वारेन्टाइनमा आफैँ बसेको हो कि भन्ने भान जनजनमा भैरहेको छ। हालसम्म रोग नियन्त्रणको लागि स्थानीय निकायमा राहात प्याकेज पठाउने बाहेकको कुनैपनि कार्य गरेको जस्तो लाग्दैन।

यस अवधिमा जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले गरिरहेका गतिविधिबाट केही हदसम्म जनताले न्यायको सासफेरेको अनुभुति भैरहेको छ। पछिल्लो समय स्थानीय सरकारको अनुरोधमा देशभरि रहेका जनताहरूलाई आ-आफ्नो निकायमा फर्कन गरिदिनु भयको समन्वय प्रशंसनीय नै थियो। पछिल्लो दिनहरूमा छिमेकी मुलुक भारतमा रोजगारीको लागि जाने नागरिकहरू फर्कने क्रम बढिरहेको अबस्थामा सो को लागि जिल्ला स्थित संजीवनी क्वारेन्टाइन स्थापना गरि भारत बाट आएका काभ्रेली जनतालाई केही समय क्वारेन्टाइनमा राखि PCR परिक्षण गराउने बिषय रोग पहिचान र नियन्त्रणको लागि महत्वपूर्ण कदम हो। PCR परिक्षणको नतिजा possetive आएमा Isolation पठाउने र Negative आएमा स्थानीय निकायको क्वारेन्टाइनमा थप चौध दिन राख्ने र पुन परिक्षण गरी परिवारलाई जिम्मा लगाउने विपद् व्यवस्थापनको निर्णय भयको जानाकारी प्राप्त थियो । तर यो निर्णय सम्पुर्ण स्थानीय निकायले लागु गरेको छ त? आफ्नो नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकारहरू चनाखो भयको छ त? वेथानचोक गाउँपालिकाको स्थानीय सरकारले कोभिड १९ नियन्त्रणको लागि के के प्रयत्नहरू गरे ? यस बिषयमा चर्चा गर्दा उपयुक्त होला ।

वेथानचोक गाउँपालिकामा सुरूको दिनहरूमा माईकिङ्ग गर्दै सार्वजनिक स्थानमा भिडभाड नगर्न, अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन, सामाजिक दुरी कायम गर्न,मन्दिर देवालय शिवालय र पर्यटकिय स्थल घुम्न निषेध, होटल पसलहरू पनि निश्चित समय खोल्ने लगाएतको सचेतनाका कार्यक्रम सन्चालन भयको थियो। नियमहरू लागु गर भन्ने निर्देशन दिन सजिलो हुन्छ तर आफैले लागु गर्न कठिनै हुन्छ भन्ने बिषयले वेथानचोकमा बेलाबेलामा चर्चा पाईरहेको छ। निर्देशन दिने निकायबाट नै निर्देशनको अवज्ञा गरेको उदाहरणहरू बेलाबेलामा पत्रपत्रिका पढनिय बिषय नबनेको हैन। बुद्धिजीवी वर्ग,नागरिक समाज,बिभिन्न संघ संस्था र स्थानीय जनताले पटक पटक अनुरोध गरे पश्चात वेथानचोक गाउँपालिकाले स्थानीय यातायात ब्यबसायीहरूको पनि सहयोगमा वेथानचोक बासीलाई काठमाडौंको विभिन्न स्थानबाट वेथानचोकको ६ नै वडा मा पुर्याउने काम सम्पन्न गरेको थियो। यस अवधिमा गाउँपालिका भित्र कम्तीमा १०० शैयाको क्वारेन्टाइनको ब्यबस्थापन गर्न स्थानीय सरकारलाई नागरिक समाजले सुझाव नदिएको हैन। निजी भवनहरु पनि क्वारेन्टाइनको लागि दिन स्थानियहरू तयार नभयका हैनन् तर स्थानीय सरकारले त्यसलाई आवश्यक नठानेर होला त्यस प्रति सुनुवाई नै गरेनन्। हाल वेथानचोकमा १० शैयाको क्वारेन्टाइन छ ।पछिल्लो समय वेथानचोक गाउँपालिकामा छिमेकि मुलुक भारतबाट आउनेको संख्या ह्वात्तै बढेको छ। वडा नं २ का दुई जना महोत्तरीको भिट्टामोड मा १३ दिन क्वारेन्टाइन बसाई पश्चात जलेश्वर, जनकपुर र ढल्केवर सम्म पैदलै आए। ढल्केवरको प्रहरीको समन्वयमा बर्दिबाससम्म पठाउने कार्य भयो। बर्दिबासको प्रहरी र एकजना व्यक्तिगत चिनजानको स्थानीय व्यवसायिको पहलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, सिन्धुली र काभ्रे संग समन्वय गरि काभ्रेको संजीवनी चोक सम्म पठाउने काम भयो। जिल्ला प्रहरी कार्यालयको कृयाशिलतामा संजीवनी क्वारेन्टाइनमा राखि निजहरूको PCR परिक्षण पश्चात स्थानीय निकायको जिम्मामा हिजो छाडियो। निजहरूलाई पुन स्थानीय निकायको क्वारेन्टाइनमा थप १४ दिन राख्नु पर्ने थियो तर वेथानचोकको वडा नं २ को क्वारेन्टाइनमा नयाँ ३ जना भारत बाट आएका र कुनै परिक्षण नभएको कारण देखाउँदै निजहरूलाई अभिभावकको जिम्मा लगाईयो। स्थानीय समाजसेवी नेपाली सेनाका पुर्व सुवेदार भिम बहादुर तामाङ ले आफ्नै (कोही बसोबास नगरेको) घरमा क्वारेन्टाइनको स्थापना गरि निजहरूलाई उक्त स्थानमा थप १४ दिन राख्ने जानाकारी गराउनु भयको छ। स्थानीय सरकारको अदुरदर्शीता को परिणाम हो यो भन्दा फरक नपर्ला।

वेथानचोक गाउँपालिका, वडा नं ४ का वडाअध्यक्ष लालबहादुर श्रेष्ठको पहलमा रुपन्देहीको सुनौली नाकाबाट वेथानचोकवासि १६ जना(वडा नं ४ को २ जना,५ को १ जना र ६ को १३ जना) नागरिकहरूलाई उद्दार गरि वडा नं ६ को स्वास्थ्य चौकीको अस्थायी क्वारेन्टाइनमा १४ जना र २ जना वेथानचोक गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा २ जना राखिएको जानकारी प्राप्त भयको छ। हाल भुगदेउ स्वास्थ्य चौकीमा रोशि गाउँपालिकाको १ जना, पनौती न पा को १ जना, वेथानचोक ५ को १ जना वेथानचोक ६ को १३ गरि जम्मा १६ जना क्वारेन्टाइनमा राखिएको छ। सम्पुर्ण खर्च वेथानचोक गाउँपालिकाले वेहोर्ने वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर लामाले जानकारी दिनु भयको छ।

वेथानचोक वडा नं ६ का स्थानीय ३ जनाको धुलिखेल अस्पतालमा बिरामी कुरूवाको रूपमा बस्दा RDT किटको अभावमा RDT परिक्षण नगरि पठाएको र अस्पताल प्रशासनले किट आएपछि खबर गर्ने भन्ने जानकारी दियको तर हाल सम्म खबर नगरेको हुनाले स्थानीय जनता त्रसित भयको जानाकारी वडा अध्यक्ष ले गराउनु भयको थियो। यस बिषयमा धुलिखेल अस्पतालको ध्यानाकर्षण गराउन चाहन्छौं।

अतः स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारलाई वर्तमान अबस्थामा सम्पुर्ण ध्यान जनताको स्वास्थ्य र कोभिड १९ को नियन्त्रणमा केन्द्रीत गर्नको लागि हार्दिक अपिल गर्दछौं। विश्वको शक्ति सम्पन्न मुलुक अमेरिकाको घमण्ड र सानो त्रुटिका कारण लाखौं जनताले मृत्यु बरण गर्नु परेको ताजा दृष्टान्त हाम्रो सामु नभयको हैन। यो बिषम परिस्थितिमा प्रशस्त सावधानी अपनाई सुरक्षित बसि सुचनाहरू सम्बन्धित निकायमा प्रदान गरि सहयोग गर्नु हामि नागरिकको पनि कर्तव्य हो। सुरक्षित रहौं,सुरक्षित रहन सहयोग गरौं।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal