शान्ति जन आदर्शको नयाँ प्रबिधिको हात धुने स्टेशन हस्तान्तरण

शान्ति जन आदर्शको नयाँ प्रबिधिको हात धुने स्टेशन हस्तान्तरण

धुलिखेल / शान्ति जन आदर्श सेवा केन्द्रले पनौती नगरपालिकामा नयाँ प्रबिधिको हात धुने स्टेशन बितरण गरेको छ ।

सिआरएस नेपालको सहयोगमा केन्द्रले पनौती नगरपालिका, इन्द्रेश्वोर क्याम्पसमा रहेको क्वारेन्टाइन, खोपासीमा रहेको क्वारेन्टाइन र नगरका सबै वडामा हात धुने स्टेशन हस्तान्तरण गरेको हो । शान्ति जन आदर्शको तर्फबाट अध्यक्ष शंखबुध्द लामाले नगरपालिका प्रमुख भिम न्यौपानेलाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा पनौती नगर उप प्रमुख गिता बन्जारा, शान्ति जन आदर्शका उपाध्यक्ष इश्वोरी ओझा, पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

केन्द्रका अध्यक्ष शंखबुध्द लामाले यसै कार्यक्रम अन्तरगत साँच्चिकै हातमुख जाेड्न मुस्किल भएका नगर पालिकाले पहिचान गरिएका २ सय २५ विपन्न परिवारलाई प्रती घर १३ हजार ५०० काे दरले राहत वितरण गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal