श्रम शोषण तथा कार्यवहार कटौती गरेकोमा आपत्ती

श्रम शोषण तथा कार्यवहार कटौती गरेकोमा आपत्ती

काभ्रेपलाञ्चोक
नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी यूनियन शीर मेमोरियल एडभेटिस्ट अस्पताल बनेपाले अस्पतालमा कार्य गर्ने कर्मचारीहरुकको श्रम शोषण तथा कार्यवहार कटौती गरेकोमा आपती जनाएको छ ।

शीरमेमोरियल अस्पताल सन १९६० देखि स्थापना भइ निरन्तर रुपमा निर्वाधरुपमा सन्चालन हुँदै आए पनि केहि बर्ष अघि देखि बहाल रहेका अस्पतालका कार्यकारी प्रमुख डा.डेल.एम मोले तथा प्रसाशन समितिका प्रमुखहरुको मनोमानी र अपार्दशी आर्थिक चलखेल गर्दै आएका कारण्ां कर्मचारीहरु शोषित पीडीत वनेका छन । अस्पतालले दिने सेवा सुविधामा स्तरीयता नभइ झन खस्केको छ जारी विज्ञप्तीमा उल्नेख गरीएको छ ।

कोरोना भइरस कोभिड–१९ महामारीले आक्रान्त पारेको बखत एकलौटी निर्णय गरेर वैशाख महिनामा पुरा लगाई अधा मात्र तलव दिएको छ । बाँकी तलव कहिले कसरी दिने केहि पनि जानकारी दिएको छैन भनी नेपाल स्वास्थयकर्मी तथा कर्मचारी यूनियन शीरमेमोरियल अस्पताल बनेपाका अध्यक्ष राजकुमार श्रेस्ठले हस्ताक्षर विज्ञप्तीमा उल्लेख गरीएको छ । श्रम गरे अनुसार पुरा तलव भत्ता नदिएमा र पुरा काम गर्न नदिएमा हामी कर्मचारीहरु श्रमको मुल्य पाउन काम गर्न पाउने अधीकार सुनिश्चीतताकोलागि आन्दोलन गर्न वध्य हुने समेत जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal