अपराधलाई जातियकरण नगरौं।

अपराधलाई जातियकरण नगरौं।


-बिष्णुहरी दाहाल

बुद्धिमान नाम राखेर विद्वान बनाउने, नामको पछाडि थर जोडेर समानता गराउने।यस्ता मुर्ख तर्क गर्ने नेता अनि जातियतामा अन्धा समाज दुवै हानिकारक छ।

पश्चिम नेपालमा भएको त्यो नरशंहार अनि त्यसका पछाडिका घटक परिघटकहरुले गहिरो सोचमा पारेको छ। समस्या के थियो होला र त्यो नरशंहार हुन पुग्यो? दलित भएका कारणबाट हो भने अरु गैर्ह दलितहरु त्यो चपेटामा त नपर्नु पर्ने अनि फेरि अरु नै कारण भनौं भने घटनाले जातियतालाई नै मुख्य कारण बनाएको देखिन्छ। समग्रमा रुकुम घटना जातिय मुद्धा पनि होला, त्यसमा आर्थिक हैशियतले पनि असर गरेको देखिन्छ, असमानताका असिमित कडिहरु छन र सेरेफेरोमा धेरै जटिलता पाईन्छ। मृतकलाई समबेदना तर मलाई अझैपनि यो घटना जातियता मात्रै हो भन्नेमा पुर्ण विश्वास छैन।

काला लाई दास देख्ने गोरा समाज, मुसलमानलाई आतकंबादि देख्ने धार्मिक समाज, मधेशिलाई देशद्रोहि देख्ने पहाडि समाज, दलितलाई अनागरिक देख्ने समाज अनि सुकिला मुकिलालाई सामन्ति शोसक देख्ने हाम्रो समाजमा घटेको रुकुम काण्ड अपराध हो र अपराधिको न कुनै जात हुन्छ, न कुनै धर्म, न कुनै बर्ण, न कुनै वर्ग। अपराध भएको हो भन्नेमा कुनै दुईमत छैन र अपराधिले सजाय पाउनु पर्छ त्यो पनि कडा भन्दा कडा। जात भनेको ज्ञान,कौशलता, क्षमता र सिपमा वर्गिकरण गरेर बनेको यो सुन्दर समाजमा जातका कारणले मानिस सम्मानित हुनुपर्छ, घृणित होईन।

तसर्थ अज्ञानता, घमण्ड, मुर्खता र दम्भको च्क्रब्युहमा घटेको यो घटनालाई जातियतामा लैजानु भनेको जातिय बिभेदलाई झन बढि प्रशय दिनु हो। समानता सहकार्य, सम्मान अनि सह अस्तित्वको सर्व स्विकार्यता बाट आँउछ न कि बिष वमनबाट। जब जब बर्गिकरणका कुरा आँउछन तब तब प्रतिस्पर्धा र सर्बोच्चताको कुरा आईहाल्छ। समानता र सह अस्तित्वों बराबरि गराउने हो भने मानव बन्नु पर्छ यो विश्वका नागरिक। महिला-पुरूष, धनि-गरिव, गोरा-काला यि वर्गमा जात र गोत्र दुवै छैनन तर फेरि किन बिभेद। अपराधको राजनितिकरण अनि राजनितिमा अपराधिकरण गरेर सामाजिक सद्भावमा खलल नपुर्याऔं, क्षणिक फाईदा र क्षणिक उत्तेजनालाई जातियमा नजोडौं। अपराधको जातियकरणले समाजलाई झन बदलाभाव र वर्ग असमानताको खाडलमा लैजान्छ।

दलित भन्दा अपमानित महशुष हुने साथिहरुले दलितका नाममा प्राप्त हुने पुरस्कार(आरक्षण) बहिस्कार गर्नुस र क्षमता अभिबृद्धि गराउने कुरामा समानताका लागि लड्नुस, आफुलाई उच्च नागरिक र ठूलो जात महशुष गर्ने साथिहरुले अभिभावकत्व लिनुस र कोहिलाई जात र वर्गका आधारमा मानव अधिकारबाट बन्चित नगर्नुहोस। सम्पुर्ण शिल्पि समुदायको मित्रहरुमा अनुरोध अपराधलाई जातियकरण गरेर समानता आँउदैन। सोच बदलौं, सक्षम बनौं। मैले समान्ति काठा बाहुन बनेर लिएको दाग टड्कारो देखिन्छ मेरो थरमा अब फेरि हत्याराको आलंकारिक शब्द चाहिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal