जिल्लाको गल्तीले पाँचखालमा काेराेनाकाे त्रास

जिल्लाको गल्तीले पाँचखालमा काेराेनाकाे त्रास

पाँचखाल/ शुक्रवार धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गर्दा पाँचखालमा एक जनामा कोरोना पोजेटिभ देखायो । तर अघिल्लो दिन नै कोरोना परीक्षणमा नेगेटिभ देखायो भनेर जिल्लाले पाँचखालको स्वास्थ्य शाखालाई जानकारी दिदै डिस्चार्ज गर्न भनेको विरामीलाई नै कोरेना पोजेटिभ देखाए पछि काभ्रेमा कोरोना रोकथाप तथा नियन्त्रणमा प्रश्न उठेको छ ।

विहिवार पाँचखाल नगरको स्वास्थ्य शाखाले जिल्ला विपद व्यवस्थापन समितिलाई फोन गरेर हाम्रो पाँचखालको रिपोर्ट के आयो भनेर सोधिएकोमा जिल्लाबाट संक्रमण देखिएन घर पठाइदिए हुन्छ भनेर फोन संवाद भएपछि घरमा सेल्फ क्वारेन्टाईनमा बस्ने गरी पठाएको स्वास्थ्य शाखाले जानकारी दियो । फोन संवादमा भएको कुराबारे स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारीले फनको भर पर्दा केहि समस्या देखिएको बताउनुभयो । ‘सधै फोनको भरमा हामीले जानकारी लिने गरेका थियौ । विहिबार पनि फोनको भरमा जानकारी लियौं । अब कागज हातमा नपरी कुनै पनि निर्णय लिदैनौं । उहाँको भनाई छ ।

जेठ १४ गते भारतबाट आएपछि उनी क्वारेन्टाइनमा बसेका थिए । पाँचखाल नगरपालिकाले धुलिखेलबाट लगेर क्वारेन्टाइनमा राखेको थियो । अहिले संmत्रमित सँग सम्पर्कमा रहेका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन डा. नरेन्द्रकुमार झा रिपोर्ट हातमा नआइकन पठाउँदा यस्तो समस्या आएको बताउनुहुन्छ । हामीले रिपोर्ट हातमा आएपछि पठाउनुपर्ने हो । तर विश्वासका भरमा पठाउँदा नतिजा उल्टो आयो । अस्पतालले जानकारी दिए अनुसार हामीले सूचना गर्ने हो ।
शुक्रवार काभ्रेमा पाँचखाल सहित रोशी र पनौतीका ५ जनामा कोरोना संक्रमित भेटिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal