जातीय विभेदको अन्त्यको माग गर्दै शान्ति समाजको प्रदर्शन

जातीय विभेदको अन्त्यको माग गर्दै शान्ति समाजको प्रदर्शन

पनौती/ जातीय विभेदको अन्त्य संगै पश्चिम रुकुम घटना का दोषी लाई कारबाहीको माग गर्दै काभ्रेको पनौतिमा प्रदर्शन गरिएको छ । शान्ति समाज काभ्रेको समन्वयमा पनौतिको पुरानो बजार डबलिमा प्रदर्शन गरिएको हो ।

मानव अधिकारको सुनिश्चितता को माग गर्दै, रुकुम घटनाका दोषीलाई कानुनी कारबाही गर्न, समानता र न्यायको पक्षमा राज्यको ध्यानाकर्षण गराउन घटनाको बिरोध स्वरुप प्रदर्शन गरिएको शान्ति समाज काभ्रेको अध्यक्ष सुमित्रा बन्जाराले जानकारी दिनुभयो ।

२८ महिला दिदिबहिनी सहभागी कार्यक्रममा समाजको सदस्य हेमा मानन्धर लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal