रोटरी र किवानी क्लबले सुत्केरी महिलालाई राहत सामाग्री

रोटरी र किवानी क्लबले सुत्केरी महिलालाई राहत सामाग्री

देविटार/रोटरी क्लब अफ धुलिखेल र किवानी क्लब अफ काभ्रे नेपालको सहयोगमा सुत्केरी महिलालाई राहत सामाग्री हस्तान्तरण गरिएको छ ।

रोटरी क्लबको सहयोगमा धुलिखेल वडा नं १, देविटारमा ३० जना सुत्केरी, गर्भवति महिला अनि अपाङ्ग भएका ब्यक्तिहरुलाई जनही एक बोरा चामल (३० के.जी) र एक क्रेट अण्डा उपलब्ध गराएको छ । त्यस्तै किवानी क्लब अफ काभ्रे–नेपालको सहयोग र श्री मण्डलीदेवी युवा क्लबको आयोजनामा धुलिखेल वडा नं ३ , कुत्तालमा करिब १७ जना सुत्केरी, गर्भवति र अपाङ्गहरुलाई १/१ बोरा चामल र १/१ के्रट अण्डा बितरण गरिएको छ । किवानी क्लब अफ काभ्रे–नेपालका अध्यक्ष रन्जीब श्रेष्ठले कोरोनाका कारण सबैभन्दा धेरै असर सुत्केरी, गर्भवति महिला र अपाङ्गहरुलाई हुने भएकोले सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । श्री मण्डलीदेवी युवा क्लबका अध्यक्ष बिकास तामाङ्गले नयाँ क्लबले राम्रो काम गर्न पाउँदा अरु उत्साह थपेको र आगामी दिनमा गाउँमा ब्याप्त बिकृतिलाई हटाउन युवा कसेर लाग्ने भन्नुभयो ।

कार्यक्रममा धुलिखेल उद्योग बाणिज्यसंघका अध्यक्ष मन्जु कुमार कोजु, युवा नेता सजय तामाङ्ग, लायन्स क्लब अफ संखुका अध्यक्ष माधब श्रेष्ठ, बलराम फार्मेसीका बलराम थापा, स्वास्थ्य स्वयमसेवीका ईन्दिरा पराजुली लगायत क्लबहरुका प्रदाधिकारीहरु सहभागि रहेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal