मजदुर परिवारलाई लायन्स कल्बकाे खाध्यान्न सहयाेग

मजदुर परिवारलाई लायन्स कल्बकाे खाध्यान्न सहयाेग

काभ्रेपलाञ्चाेक / काेराेनाकाे महामारीकाे कारण दैनिक गुजारा गर्न समस्या परेका परिवारलाई लायन्स क्लब अफ संखुकाे पहलमा खाध्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।

सरकारले गरेकाे लकडाउनका कारण अप्ठेराेमा परेका ५३ घर मजदुर परिवारलाई दाल, चामल, नुन, तेल, साबुन, माक्स लगायतका सामान वितरण गरिएकाे लायन्स कल्ब अफ शंखुका अध्यक्ष माधव श्रेष्ठले जानकारि दिए ।

पनाैतिका २० घर, कुसादेवि १० घर र बेथानचाेकमा बसाेबास गर्दै आएका खानिखाेलाबासि २३ घरका परिवारलाई उक्त सामाग्री उपलब्ध गराईएकाे हाे ।

सामाग्री हस्तान्तरण कार्यक्रममा रेयुका मासुनागा आँखा अस्पतालका अध्यक्ष एवं नेपाली कांग्रेस जिल्ला सभापति मधु आचार्य, प्रदेश् सभा उमेदवार युवा नेता गणेश लामा, नेपाली कांग्रेस जल्ला सदस्य रामहरि शर्मा, लायन्स क्लब इन्टरनेशनका ३२५ ए २ का रिजनल चियरमेन माधब थापा, शंखु लायन्स क्लबका अध्यक्ष माधब श्रेष्ठ, ब्यबसायी एबं लायन्स बलराम थापा, लायन्स क्लब अफ बल्थलीका प्रथम उपाध्यक्ष महेश पौडेल, लायन्स चन्द्र ढकाल, ईन्द्र दाहाल, दाेर्जेमान लामा छेत्र लामा, बेथाचाेक सराेकार समाजका सल्लाहकार मछिन्द्रकुमार लामा, बेथानचाेक गाउपालीका २ र ३ का वडाअध्यक्ष द्वय भगवान घिमिरे र दिलबहादुर श्रेष्ठ, हातेमालाेका अध्यक्ष विनाेद तिमल्सिना, बेथानचाेक जेसिस अध्यक्ष राजेश तिमल्सिना ,बेथानचाेक कांग्रेस उपसभापति मदन तिमल्सिना , च्याप्साङ रूम्बा, बेथानचाेक कस्ट्रक्सनका डिकमान लामा लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal