कलाकार विकु थाेकरकाे समन्वयमा खाध्यान्न वितरण

कलाकार विकु थाेकरकाे समन्वयमा खाध्यान्न वितरण

काभ्रेपलाञ्चाेक / कलाकार विकु थाेकरकाे पहलमा रोशी गाउँपालिका वडा नम्बर ६, ७ र ८का बिपन्न, असहाय, असक्त, एकल महिला, वृद्ध गरि ६३ घर परिवारलाई खाध्यान्न लगायतकाे सामाग्री उपलब्ध गराईएकाे छ ।

काेराेनाकाे कारण भएकाेे लकडाउनले दैनिक जिवनमा पर्न गएकाे समस्यालाई ध्यानमा राखेर साथिहरुकाे समन्वय उक्त सामाग्री संकलन गरि हस्तान्तरण गरिएकाे कलाकार तथा समाजसेवि विकु थाेकरले जानकारि दिए ।

उक्त कार्यकालागि युवा ब्यवसयि तथा समाजसेवीहरु रोशन थोकर, सुदिन दोङ, राष्ट्रिय खेलाडी सागर घिसिङ, सरोज तामाङ, हरि श्रेष्ठ, बिबेक थोकर लगाएतले सहयाेग उपलब्ध गराएकाे थाेकरले बताए ।

वितरण गरिएकाे खाध्यान्न सामाग्रीमा प्रति परिवार १ बोरा चामल, ४ केजि दाल,१ केजि मस्याैरा,२ केजि नुन, १ लिटर तेल रहेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal