अल्बिदा सुशान्त !!

अल्बिदा सुशान्त !!

-अंगराज तिमल्सिना, न्युयोर्क अमेरिका

बलीउड एक्टर सुशान्त सिंह राजपूतको ३४ बर्ष कै अल्पायुमा देहान्त भएको दु:खद खबर सुनियो । उसको त यो कोरोना भाइरसको लकडाउनमा बिश्वभरी आत्महत्या गर्नेको संख्या बढेको भनिन्छ । सुशान्तको आत्महत्या हो होइन थाहा हुँदै जाला, तर १६ बर्ष कै उमेरमा उनले आमा गुमाएका थिए भने चार दिन पहिले मात्रै उनकी पूर्व म्यानेजर दीशा सलियनले आत्महत्या गरेकी थिइन ।

जीन्दगीले जानी नजानी कोलाई कुन बेला कुन मोडमा भेट गराउछ । मलाई पनि यस्तै भएको थियो । मैले दुई चोटी सुशान्तलाई भेट्ने मौका पाएको थिए, प्लान गरेर वा उनी हीरो र म ‘क्रेजी फ्यान’ का हिसाबले होइन, संजोग त्यस्तै मिल्यो यध्यपी उनले खेलेका धेरै जसो चलचित्र हेरेको छु र मन पनि पर्छन ।

म युरोपबाट न्यु योर्क जाँदा इस्टान्बुल एयरपोर्टको लाउन्जमा एक्लै बसिरहेको थिए । एउटा अग्लो केटो दुबै हातमा साना-साना ‘लगेज’ बोकेर मतिर आयो । इस्टान्बुलको ‘बिजिनेस क्लास लाउन्ज’ त्यसै पनि ‘बिजी’ नै हुन्छ भने त्यो दिन झनै ‘बिजी’ थियो । खाली ठाँउ नपाएर हो वा मलाई इन्डियन जस्तो देखेर हो मेरो छेउमै आएर भन्यो, “म यो सोफामा बसु ?” । मैले भने, “इट्स अल युयोर्स “ । उसले आफ्नो सामान त्यता राखेर सिधै खाना राखेको ठाँउमा गएर दुई-तीन प्लेट भरी खाना ल्याएर आयो र हेर्दा हेर्दै १५-२० मिनेट मै दुई-तीन दिन खाना नखाएको जसरी सिध्यायो ।

मैले काई पोछे, पीके अनि डान्स कम्पिटिसन (जस्तो कि उसकी पहीलाको ‘गर्ल फ्राइण्ड’ अंगीता समेत भएको कम्पिटिसन्) आदी हेरेकाले मैले अंग्रेजीमा “तीमी सुशान्त होइन ?” भनेर सोधे । उसले हुँ भन्यो । त्यसपछी मैले “तीमी त यत्रो स्टार्, एक्ला एक्लै कसरी यहाँ ?” भनेर सोधे । उसले “धोनी भन्ने मुभीको सुटिङमा टर्की आएको थिए, जरुरी काम परेर म आजै मुम्बे जान्छु, अरु भोली आउछन” भन्यो । मैले “अंकिता के साथ तो ब्रेक हुँवा ना, मिडीया वाले यही बोलरहाहे” भनेर भने । उसले “ये सच हे” भन्यो ।

त्यसपछी उ केही बेर चुप लागेर फोनका मेसेज हेर्न थाल्यो । मेले एकछिन पछी, “आप्का फ्लाइटका कित्ना टायम बाँकी हे ?” भने । उसले “एक-डेढ घण्टा बाँकी हे” भन्यो । मैले “आपने खाना तो अच्छे तरहेसे खालिए, मैने देखाथा, आप्को ड्रिंक्स कर्नेका मन हे?” भनेर सोधे । एक छिन उसले किन हो कुन्नी यसो सोच्यो । मतिर हेर्यो र सोध्यो, “आप किदर से हे, क्या कर्ते हे और किदर जाने के लिए ट्रान्जिट मे हे ?” । मैले उसलाई मेरो ‘बीजनेस कार्ड’ दिएर मेरो बारे सबै बताए । त्यसपछी उ चुप बस्यो । एक छिन पछी “आप्को क्या पीनेका मन हे?” भनेर सोध्यो । मैले “सुरु स्याम्पेनसे करे, उसके बात रेडवाइन चलेगा” भने ।

दुबै जना स्याम्पेन माग्न बारमा गयौं । दुई लामा गिलास हातमा के परेका थिए उसले भन्यो, “मैले भारतको क्रिकेटको पूर्व कप्तान धोनीको बायोपिकमा खेलेको चलचित्र आयो भने म भारतमा सुपर स्टार हुनेछु, लेट्स चिअर फर इट”। मैले पनि चीयर्स भने । “मैले उसलाई सुपरस्टार भयो भने हाम्लाई समझेलास त? “ भने । उसले “धोनी मुभी आनेसे पहेले हम इस्टान्बुल एयरपोर्ट लाउन्जमे मिलाथा बतादिजिए सब याद आजाएगा” भन्यो ।

उ भन्दा उमेरले पाको भएर हो कि एक-डेढ घण्टाको समयमा मैले दुई वटा कुरा पत्ता लगाए । पहिलो, उसमा “पर्फेक्सनका लागी हङ्गर तमाम थियो, सुपर स्टार बन्ने सपना थियो “ । दोश्रो, उसमा न म स्टार हुँ भन्ने घमण्ड थियो, न त म सेलिब्रीटी हुँ, जे पनि गर्न सक्छु भन्ने छाडापन थियो । तर मैले उसमा भित्र भित्रै इन्सेक्युरिटी भएको महसुस गरेको थिए । यसको एउटा कारण उ “इन्ट्रोभर्ट” जस्तो देखिन्थ्यो । सजिलै खुल्न नसक्ने, केही दबिय जस्तो, केही ग्लानीका साथ लुकाइ राखे जस्तो ।

अली बातचित खुले पछी उसले “स्नुकर खाली होगया हे, खेले ?” भन्यो । मैले “लेट्स डु इट्” भने । दुई म्याच जती खेल्यौं । उसले एउटा जित्यो, मैले एउटा । त्यसपछी उसको फ्लाइटको समय भएकाले बाई भनेर हिड्यो ।

पछी करीब एक डेढ बर्ष पछी म मौरिससको प्रधानमन्त्री जीको एउटा कार्यक्रममा संलग्न भएर समुन्द्रको छेउमै रहेको कन्टिनेन्टल होटेलको रेस्टुरेन्टमा डिनरका लागी एउटा टेबलमा बसेर रिफ्रेस्मेण्टको सुरुवात मात्र के गरेको थिए, भारतीय सिनेमाको हिरोइन जस्तो लाग्ने संगै सुशान्त डिनरकालागी हाम्रै छेउको टेबलतिर आयो ।

मैले “सुशान्त हाउ आर यु ? ह्वाट ए कोइन्सिडेन्स्!” भने । उसले यसो हेरेर, “आइ थिंक आइ नो यु” भन्यो । मैले त्यही इस्टान्बुल एयरपोर्टको कुरा सम्झाए । एक छिन कुरा गरेर “म संग उनी छन, म पर्सनल काममा मौरिसस आएको” भनेर आफ्नो टेबलमा गयो । उसको हाउभाउ हेर्दा नयाँ डेटिंग चलिरहेको जस्तो लाग्थ्यो । मैले चाँही उसंगको साथी चिनिन र चिन्ने मेरो रहर र चासो पनि थिएन । यसो सम्झे, यो संसार कती सानो छ” ।

तर यही दुनियाले सफलताका पछाडी दौडिदा-दौडिदा मान्छेलाई एक्लो बनाउछ भने नेपाल र भारत जस्ता देशमा “मेन्टल हेल्थ” हेल्थ मानिदैन, यसलाई रोग नभनेर पागलपन भनिन्छ । यसै पनि सहरीकरण र पैसा कमाउने प्रतिष्पर्धा आदीले जीन्दगीमा “स्ट्रेस” थपिएको छ भने हलीउड र बलीउडको प्रेसरका कुरा छोडिदिउ – नाम र पैसा कमाउन सार्है गार्हो र कमाए पनि यसलाई जोगाउन झन गार्हो ।

सुशान्तको आत्माको चिरशान्तीको कामना | उसका सम्पूर्ण फ्यानहरुमा सहानुभूती ! !

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal