खाद्यान्न वितरणमा संस्था र व्यक्ति

खाद्यान्न वितरणमा संस्था र व्यक्ति

कनठमाण्डाैं/ अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरिरहेको प्रारम्भ संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले विभिन्न ठाँउमा खाद्यान्न वितरण गरिरहेको छ ।

पीपीइ किट सेट, फस्र्ट एड किट बक्स वितरण गरिरहेका यी संस्थाले कोभिड १९ को प्रभाव र लकडाउनका कारण प्रभावित निम्न आयस्तर भएकाहरुलाई समेत सहयोग गरिरहेका छन् ।

समाजसेवी कल्पना क्षेत्रीको अगुवाइमा सञ्चालित प्रारम्भ र गायीका आनी छोइङ डोल्मा द्धारा सञ्चालित फाउण्डेशनले बाँके, सोलुखुम्बु, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा खाद्यान्न राहत वितरण गरिरहेको छ ।

दुवै संस्थाले महिला उद्यमी डिकिला लामासंगको सहकार्यमा सोलुखुम्बुका ५१ घरपरिवारलाई १/१ बोरा चामाल र दाल वितरण गरेको छ ।

भाइरस संक्रमणको डरले लगाईएको लकडाउनका कारण दैनिक रोजगारी गुमेका र विहान बेलुका छाक टार्न समेत धौधौ भएका हरुलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको हो ।

सोलुको सल्लेरी नगरपालिका वार्ड न. ४ स्थित रोडडिंग बस्ती र बेनी गाँउपालिका वार्ड न. २ को थुमलिंग बस्तीका ५१ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको महिला उद्यमी डिकिला लामाले बताइन् ।

यस अघि ति संस्थाले बाँकेको बैजनाथ गाँउपालिकामा ३३ घरपरिवारका लागी १ महिनाका लागी पुग्ने खाद्यान्न राहत वितरण गरेको थियो ।

ललितपुर घर भई हाल अमेरिकाको सियाटल निवासी व्यवसायी बिना बोगटीको पहलमा बाँकेका विपन्न परिवारलाई खाद्य सामाग्री उपलब्ध गराइएको प्रारम्भले जनाएको छ ।

विश्वव्यापी महामारीले प्रभावित जो कोहीलाई सहयोग गर्ने अवसर नमिल्ने भएकाले यस्तो कठिन अवस्थाका बावजुत पनि सेवागर्न पाएकोमो व्यवसायी बेगटीले खुशी व्यक्त गरेकी छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal