पब्लिक सुत्रधार बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा रक्तदान कार्यक्रम

पब्लिक सुत्रधार बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा रक्तदान कार्यक्रम

काभ्रेपलाञ्चाेेक/ पब्लिक सुत्रधार बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपाकाे आयाेजनामा विशेष रक्तदान कार्यक्रम बनेपामा सम्पन्न भएकाे छ ।

रगत र रक्तदान सम्बन्धि समाजमा जनचेतना जगाउने बिभिन्न कार्यक्रमहरू संचालन गर्दै रक्तदाताहरूकाे अभिबृध्दि गर्दै आइरहेकाे ब्लड डाेनर्स एशाेसियसन नेपाल (ब्लाेदान) काभ्रेले हरेक बर्ष बिश्व रक्तदाता दिवस १४ जुन मनाउँदै आईरहेकाेमा यस बर्ष काेराेना भाईरस (काेविड-१९) विश्व भर नै संक्रमन फैलिएर महामारी भईरहेकाे कारण नेपाल सरकारकाे नीति र ब्लाेदान केन्द्रकाे निर्देशानुसार यस बर्षकाे विश्व रक्त दाता दिवस १४ जुन २०२० स्थगित गरि साेही अपसरमा “सुरक्षित रगतले जीवन बचाउँछ” भन्ने अन्तराष्ट्रिय नाराका साथ ब्लाेदान काभ्रेकाे आह्वानमा “सामाजिक दुरी कायम गराै, (काेविड-१९) बाट आफु पनि बचाैं, अरूलाई पनि बचाअौं ” भन्दै बनेपामा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा जम्मा ३४ जना स्वयंसेवी रक्तदाताहरूले आफ्नाे अमुल्य रक्तदान गर्नु भएकाे थियाे । साे कार्यक्रममा ब्लाेदान काभ्रेका अध्यक्ष गणेश कुमार रंजितले आफ्नाे ९८ अाैं पटक रक्तदान गरेेेेका छन् ।

ने. रे. साे. रक्त संचार सेवा काभ्रे बनेपाकाे प्राविधिक सहयाेग रहेकाे उक्त कार्यक्रममा बनेपा ब्वाईज क्लब, लायन्स् क्लब अफ काभ्रे बनेपा, लायन्स् क्लब अफ पनाैती, लायन्स् क्लब अफ काभ्रे शंखु, लायन्स् क्लब अफ सम्पदा, लायन्स् क्लब अफ बल्थली, लायन्स् क्लब अफ सिन्धुली कमलामाई, लायन्स् क्लब अफ सिन्धुली सिटीले सहयाेग गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal