काँग्रेस नेता हुमागांई द्वारा एम्बुलेन्स चालकहरुलाई सुरक्षा सामग्री प्रदान

काँग्रेस नेता हुमागांई  द्वारा एम्बुलेन्स चालकहरुलाई सुरक्षा सामग्री प्रदान

काभ्रेपलाञ्चाेक/ चिनकाे वुहान शहर बाट सुरु भएको कारोना भाइरसले विश्वब्यापी रुप लिई रहँदा नेपालमा पनि हजारौको संख्यामा संक्रमीत बढीरहेका अवस्थामा सुरक्षा संबेदनशिलतालाई मनन गर्दै काभ्रे जिल्लाका सम्पूर्ण एम्बुलेन्स चालकहरुलाई बनेपामा आयोजित एक कार्यक्रम बिच नेपाली काँग्रेस का केन्द्रिय सदस्य एंव ट्रेड युनियन विभाग प्रमुख शिव प्रसाद हुमागाईले पी पी ई लगायतका सुरक्षा सामग्री प्रदान गर्न भएको छ ।

यस महामारीको समयमा सबै एकजुट भई एकअर्कोको सुरक्षाका लागी तल्लीन रहनु पर्र्ने भएकोले आत्मबल जगाई राख्न , आफु पनि सुरक्षीत रहि समाजलाई संक्रमणबाट जोगाउन सामाजिक जिम्मेवारीको बहन स्वरुप उक्त स्वास्थ्य सामाग्री प्रदान गरीएको हुमागाईले बताए ।

बिभिन्न किसिमका विरामीहरुको उद्धारमा जोखिम मोलेर प्रत्यक्ष रुपमा खटिएका जिल्लामा संचालित ३५ वटा एम्बुलेन्सका चालकहरुलाई उनिहरुको स्वास्थ्य सुरक्षा जोखीम रहेको भन्दै पी पी ई लगायतको स्वास्थ्य सामाग्री उपलब्ध गराईएको थियो । एम्बुलेन्स चालकहरुलाई सम्मान तथा पिपिई वितरण गर्दै नेता हुमागाईले एम्बुलेन्सका चालकहरु निरास भए महाँमारी बढ्ने भन्दै उनिहरुको मनोबल बढाउन सम्मानका साथै स्वास्थ्य सामाग्री वितरण गरिएको बताए । उहाँले भन्नुभयो महाँमारी नियन्त्रणको लागि प्रमुख सारथीको रुपमा रहेका चालकहरु लाई उत्साहीत बनाउनु पर्छ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिब दिनेश लामा, पूर्व माननीय तथा नेपाली काँग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय सभापति तिर्थ लामा, क्षेत्रीय सभापति रमेश हुमागाई, बनेपा नगर सभापति राम जोशी, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक का पुर्व अध्यक्ष नारायण सापकोटा, नेपाल पत्रकार महासंघ अध्यक्ष मोतीराम तिमिल्सिना, बिभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीका साथै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नेता हुमागाईले यस अघि पनि काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानिय तहका प्रत्येक स्थास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पिपिई सेट स्वास्थ्य सामाग्रीका साथै माक्स, सेनिटाइजर र जिल्लामा क्रियाशल पत्रकारहरु लाई प्रेस ज्याकेट र एन ९५ मास्क वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal