इलाका प्रहरी कार्यालय बनेपाको सक्रियतामा हार्डवेयर फोडेर चोरी गर्ने पक्राउ

इलाका प्रहरी कार्यालय बनेपाको सक्रियतामा हार्डवेयर फोडेर चोरी गर्ने पक्राउ

काभ्रेपलान्चोक / बनेपामा रहेको तेण्डल हार्डवेयरको काउन्टर फुटाएर चोरी गर्ने एकजनालाइ इलाका प्रहरी कार्यालय बनेपालले पक्राउ गरी सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालयले बिहिबार हार्डवेयरको काउन्टर फोरेर ९ लाख ४ हजार २ सय ७५ रुपैँया चोरी गरेर भागेका चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं १ का २७
बर्षीय प्रकाश जंग कुँवरलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

कुँवरको साथबाट १ लाख ५० हजार रुपैपाँ समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमूख योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । तिमल्सिनाका अनुसार कुँवरलाई पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ डाँडाटोल स्थित साडुदाईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो ।

कुँवरले जेठ २८ गते राति दश बजेतिर हार्डवेयरको काउन्टरमा रहेको ९ लाख ४ हजार २७५ रुपैयाँ चोरि गरेको भन्दै हार्डवेयर सञ्चालक सुरेश घिसिङले प्रहरीमा उजुरी दिनुभएको थियो ।

हार्डवेयरको पूर्वपट्टी रहेको गेटमुनिको माटो पन्छाएर हार्डवयर भित्र प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट दश दिनको म्याद थप भइसकेको छ । बनेपामा चोरी गरिसकेपछि उनीले काठमाण्डौमा गएर किनमेल गरेको अनुन्धानबाट खुलेको छ । कुँवरका साथबाट नयाँ मोबाइलसेट समेत प्रहरीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal