पलान्चोक भगवती मन्दिरमा सिसिटिभी जडान

पलान्चोक भगवती मन्दिरमा सिसिटिभी जडान

काभ्रेपलान्चोक / नेपालकै चर्चित धार्मिक स्थल पलान्चोक भगवती मन्दिरमा सिसिटिभी जडान भएको छ । जडानले धार्मिक क्षेत्रको सुरक्षामा सहयोग पुग्ने नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिका र बागमती प्रदेश सरकारको ५ लाख म्याचिङ फण्डमा सुरक्षा साझेदारी कार्यक्रम अन्तर्गत जडान भएको पाँचखाल नगरपालिका शाखा अधिकृत राजेश बन्जाराले जानकारी दिनुभयो ।

३२ वटा सम्म जडान गर्न मिल्ने भएपनी हाल पहिलो चरणमा १० वटा जडान भएको पाँचखाल ९ का वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो चरणमा मन्दिर भित्र, मन्दिरको वरिपरि, पार्किङ क्षेत्र, कालिदेबी मन्दिर, गणेशस्थान मन्दिर, इलाका प्रहरी कार्यालय र वडा कार्यालयमा जडान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal