कलाकार विकु थाेकरकाे पहलमा खाद्यान्न वितरण

कलाकार विकु थाेकरकाे पहलमा खाद्यान्न वितरण

काभ्रेपलान्चोक / कलाकार, तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष एवं सामाजिक अभियन्ता विकु थोकरले तामाङकाे पहलमा तेमाल गाउँपालिका वडा  नं. ९ चोपाटारमा ९५ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको लाकाे समयकाे लकडाउनले गर्दा दैनिक ज्यालादारी गर्ने, विपन्न, श्रमिक घरपरिवाहरुलाई सहयाेग गरिएकाे कलकार थाेकरले जानकारि दिए ।

खाद्यान्न सहयाेगमा प्रति परिवार १ बोरा चामल, १ केजि मस्यौरा,२ केजि दाल,१ केजि नुन,१ लिटर तेल लगायतका खाद्यान्न सामग्री रहेका छ।

उक्त खाद्यान्न युवा व्यवसायी तथा समाजसेवी रोशन थोकरले उपलब्ध गराएका थिए भने, राष्ट्रिय खेलाडी सागर घिसिङ, युवा व्यवसायी सरोज तामाङ, हरि श्रेष्ठ, संचारकर्मी एवं अभियन्ता सुदिन दोङ तामाङ काे विशेष सहयाेग रहेकाे थाेकरले जानकारि दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal