काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चको अध्यक्षमा सचित

काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चको अध्यक्षमा सचित

बनेपा÷ काभ्रे जिल्लामा रहेका रेडियो टेलिभिजन सञ्चालकहरुको भेलाले काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्च गठन गरेका छन् । मञ्चको अध्यक्षमा सचित खड्का चयन भएका छन् ।

मञ्चको उपाध्यक्षमा रमेशप्रसाद न्यौपाने, महासचिव भुवन रायमाझी, सचिव राजनप्रसाद दाहाल, कोषाध्यक्ष सम्झना हुमागाईं चयन भएका छन । त्यस्तै सदस्यहरुमा शंकर अधिकारी, रामकृष्ण बञ्जारा, कृष्णप्रसाद नेपाल, समिर भण्डारी, कर्म लामा, हिरामान लामा लगायत चयन भएका छन् ।

मञ्चले जिल्लाको रेडियो तथा टेलिभिजनको हकहितको लागि कार्य गर्ने अध्यक्ष सचित खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal