आज सूर्य ग्रहण, कुन राशि ? कुन फल?

आज सूर्य ग्रहण, कुन राशि ? कुन फल?

काभ्रेेेेेेेेेेेपलाञ्चाेक/ आज सूर्य ग्रहणको बिषयमा धर्मशास्त्र बिभाग प्रमुख (वाल्मीकि क्याम्पस काठमाडौ , सनातन विद्वत्परिषद् नेपालका उपाध्यक्ष श्री देवमणि भट्टराईले विभिध कुराहरु जानकारि गराएका छन् ।

ग्रहणकाेे सन्दर्भमा उनका अनुसार :-

आज ७ गते सूर्यग्रहण १०।५० देखि १४।२३ बजेसम्म ।
ग्रहणका कोही सूतक,कोही निषेधहरू गरी ३ प्रकारका बार्नुपर्ने कृत्य हुन्छन् ।
१) ग्रहणको सूतक ग्रसित अवधिभरमात्र रहन्छ । यसपालि १०।५०देखि१४।२३सम्म । यसअवधिमा गर्नुपर्ने –
क) स्पर्शमा स्नानगरेर शुद्धासनमा बसेर गुरुबाट विधिवत् लिएका मन्त्रहरुको जस्तै गायत्री,दुर्गा ,शिव,विष्णु अादि दीक्षितमन्त्रहरूको जप गर्नै पर्ने ।
ख) नयाँ मन्त्र ग्रहण गर्न सकिने (संस्कारपरक भने होइन )।
ग) वीचमा हवन,दान आदि।
घ) ग्रहणनिमित्तक श्राद्ध,अन्नदानादि।
ङ) दशाहादिकर्म,एकादशाह,द्वादशाह,त्रयोदशाहको उत्तरपाथेय श्राद्ध।
च) मातापिता आदिको परि आउने तिथिश्राद्ध (यसपालि प्रतिपदाको श्राद्ध)।
छ) मोक्षस्नान१४।२३पछि।त्यसपछि भोजन पकाएर सेवन गर्ने ।
ज) खानेपानीमा कुश विहान‌ै राख्ने ।
झ) क्रियापुत्रीले पिण्डदान पछि अशक्त वाहेकको अवस्थामा मोक्षस्नान अनिवार्य गरेरमात्र भोजन पकाएर सेवन गर्ने ।

२) भोजन निषेधको अवस्था
हिजाे असार ६ गते वेलुका १०।५०अर्थात् २२।५० देखि भोलि मोक्षकाल दिवा २।२३बजे अर्थात् १४।२३सम्म
वृद्ध ,रोगी ,अशक्तबाहेकलाई सर्वथा भोजननिषेध ।

यसभित्र के के गर्न हुने ?
क) ७ गते विहान १०।५०सम्म नित्यसन्ध्या , देवपूजा , होम,जन्मोत्सवादि पूजा (भोजन निषेध )।
ख) देवलयादिका नित्य पूजा र सम्बन्धित समस्त कर्महरू।
ग) नित्यदानादिका सबै कर्महरू।
घ) बाह्मणले यसवीचमा टीका लगाउन,दानलिनअादि हुने भोजनमात्र गर्न नहुने ।

३) ग्रहणमा माङ्गलिक कार्य कति दिन अघि / पछि निषेध —
क)सामान्यतया नान्दीश्राद्ध गरेर गरिने कार्यलाई माङ्गलिक भनिन्छ ।विशेष माङ्गलिक कार्यमा चूडा,व्रतबन्ध र विवाहलाई लिइन्छ ।यी दुबै माङ्गलिक कार्य सूर्यको खग्रासग्रहणमा अौशी+४+४=९दिन अघि पछि गरेर।
ख) खण्डग्रासमा ३+३रअौशी=७दिन।
ग) चन्द्रग्रहणमा वर्ज्य दिनसंख्या कम छ।
घ) ग्रहणपरेको नक्षत्र६ महिनासम्म शुभकार्यमा वर्जित छ।

ग्रहणमा श्राद्ध पर्यो के गर्ने?

अथ ग्रहणकाले श्राद्धविचार:
ग्रहणदिने पित्रादेर्वार्षिकश्राद्धप्राप्तौ सति संभवेsन्नेन
कार्यम्।ब्राह्मणाद्यलाभेनासंभवे तु आमेन हेम्ना वा कार्यम्।धर्मसिन्धु पृ ६८।
दर्शे रविग्रहे पित्रोः प्रत्याब्दिकमुपस्थितम्।
अन्नेनासंभवे हेम्ना कुर्यादामेन वा सुतः।। गोभिलः। ग्रहणे श्राद्धे भोक्तुर्दोषः,दातुस्त्वभ्युदयः।
विज्ञानेश्वरः।धसिपृ६४
**अथ ग्रहणदिने वार्षिकादिप्राप्तौ निर्णयः
ग्रहणदिने दर्श- मासिक-प्रतिवार्षिकादिश्राद्धप्राप्तौ तद्दिन एवान्नेनामेन वा हेम्ना वा कुर्यान्नोत्तरदिने।ध सि
तृतीयपरिच्छेद पृ ७४६।

२) यजुषां पिण्डदानं तु बह्वृचानां द्विजार्चनम्।
श्राद्धशब्दाभिधेयं स्यादुभयं सामवेदिनाम्।।

सारांश ÷ ग्रहणका दिन श्राद्ध परेमा वा ग्रहणकालमा नै पिता आदिको तिथि श्राद्ध परेमा पनि पायसादि पकाएर नै शुक्लयजुर्वेदीहरूले सपिण्डक श्राद्ध गर्नुपर्दछ ।यजुर्वेदीहरूको पिण्डदान मुख्य हो। ग्रहणमा,परदेश अादिमा हुँदा पनि अत्यन्तै अशक्त अवस्थामा, अत्यन्त अभावादि भएमामात्र आमान्न (सिधा)दान ,स्वर्णादिदान गरेर पनि श्राद्धसिद्ध गर्नु भन्ने आशय रहेको देखिन्छ। क्षयाहश्राद्ध तिथि ग्रहणका कारण सार्नुहुँदैन। प्रभुः प्रथमकल्पस्य० इत्यादिबाटपनि।

ग्रहणमा श्राद्ध गर्दा श्राद्धभोजन गराउनेलाई अत्यन्तै पुण्य हुन्छ भने श्राद्धभोजीलाई दोष लाग्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal