खानिखाेला गाउंपालिकामा भ्रष्टाचार भएकाेे भन्दै कांग्रेसले गरायाे ध्यानाकर्षण

खानिखाेला गाउंपालिकामा भ्रष्टाचार भएकाेे भन्दै कांग्रेसले गरायाे ध्यानाकर्षण

काभ्रेपलाञ्चाेक / खानिखोला गाउंपालिका अन्तर्रगत स्थानीय सरकारले जनभावना विपरित काम गरेकाे भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विराेध जनाएका छन् ।

विराेध कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले स्थानीय सरकारबिरुद्ध नाराजुलुस गर्दै खानिखाेला गाउंपालिका प्रमुख कृष्ण खुलाललाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र मार्फत अहिलेको मानबिय संकट काे समयमा कोरोना विरुद्ध लड्ने सरकार भ्रष्टाचारमा लिप्त भएकाे , क्वारेन्टाइनको तुरुन्त ब्यस्थापन गर्नुपर्ने ,स्वास्थ कर्मचारीलाई उचित हौसला बढाउन समयमा परिश्रमिक उपलब्ध गराउनु पर्ने ,सबै सरकारी कर्यालय, तथा कर्मचारीलाई हाइअलर्टमा राख्नपर्ने, गाउँपालिकामा भएको सबारी साधनको दुरपयोग रोक्नपर्ने, योजनामा भएकाे चरम अनियमितता रोकि कडारुपमा अनुगमन गराई सबै योजनाको सार्बजनिक सुनवाइ गर्नुपर्ने, बिधुतिय पोलहरुको तुरुन्त ब्यबास्थापन गरिजुपर्ने ,स्थानीय बिधालयमा शिक्षक नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धा बाट गर्नु पर्ने ,योजना लोकतान्त्रिक बिधि बाट छनौट गर्नुपर्ने, जनप्रतिनिधि आफै ठेक्केदार हुननपाउने, उपभोक्त समिती बन्द कोठामा बनाउन नपाईने लगाएतका माग राख्दै ज्ञापन पत्र बुझाईएकाे युवा नेता क्षेत्र वाईवाले जानकारि दिए ।

ज्ञापनपत्र बुझाए लगत्तै गाउपलिका कार्यलय अगाडी कोणसभा परिणात भएको थियो ।

कोणसभालाई कांग्रेस नेता सकुल तिमल्सिना, खडान्नद आचार्य, रघुनाथ तिमल्सिना, ओम ग्याबा, पर्सुराम आचार्य, सुबास घिसिङ, बृहस्पति घिसिङ, शक्ति थिङ , सकल थिङ, टक आचार्य, क्षेत्रमान ग्याबा, टिक थिङ, क्षेत्र वाईवाले सम्बाेधन गरेका थिए ।

विराेध कार्यक्रम लाई सम्बाेधन गर्ने क्रममा युवा नेता क्षेत्र वाईवाले गाउंपालिका भित्र जति नै राम्रो योजना ल्याए पनि सुनावाइ नभएको बताउंदै अब जनप्रतिनिधिले गर्नुपर्ने कामहरु  सचेत जनता मार्फत मूल्याकंन हुनेमा आफू आशाबादी रहेको र बेथिति विरुद्ध एकजुट हुन अनुराेध गरे । ठेकेदार जनप्रतिनिधि भएको र पैसा कमाउने मन छ भने पेशा ब्यबासय गर्न चुनौती दिदै जनताको पसिना चुसेर जनप्रतिनिधिको लोगो लगाएर बस्न कुनै हालतमा नसुहाउने र जनप्रतिनिधिको आफ्नै जेसिवि मार्फत जनप्रतिनिधि आफै बार्गेनिङमा ब्यस्त भएको आरोप लगाएका छन् । भ्रष्टाचारले बढेकाे, बिकास निर्माणमा कहिकतै तालमेल नभएकाे, जनता झुक्याउन ग्रेड नमिलाइ इन्जिनियरको इष्टमेट बिना जनप्रतिनिधि ठेक्केदार भै आफुअनुकुल बाटोको नाममा बिनास गरेको, सबै योजानामा कमिसन खाइ योजना पास गरेको, खोपासी तालढुंगा बाटोमा मनपरी गरेको, ठेक्केदारहरुले अनुगमन नगरी योजना पास गरेको नेता वाईवाले आरोप लगाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal