काँग्रेसद्धारा मण्डनदेउपुरका मेयरलाई ध्यानाकर्षण, काँग्रेसी वडाध्यक्ष नै अनुपस्थित

काँग्रेसद्धारा मण्डनदेउपुरका मेयरलाई ध्यानाकर्षण, काँग्रेसी वडाध्यक्ष नै अनुपस्थित

काभ्रेपलान्चोक/ मण्डनदेउपुर नगरपालिका, खानिखोला गाउँंपालिका र भुम्लु गाउँपालिकामा नेपाली काँग्रेस स्थानीय समितिहरुले स्थानीय सरकारले जनभावना विपरित काम गरेको भन्दै सचेत गराएका छन ।

मण्डनदेउपुर नगरपालिकामा जिल्ला उपसभापति अच्युत पौडेल, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य दधिलाल श्रेष्ठ, चन्द्र ढकाल, क्षेत्रीय सचिव आनन्द सापकोटा,काँग्रेस नेता कश्यप पौडेल, नेबिसंघका पुर्व सहमहामन्त्री माधव ढकाल, बिद्यार्थी नेता भोला नेपाल ,नगर सचिब कुमार ढकाल , वडाध्यक्षका उमेदवार, वडा सभापतिहरु, लगायतका अगुवा कार्यकर्ता सहित नगरसभापति रामहरी सापकोटाको नेतृत्वमा गएको टोलीले नगरप्रमुख टोकबहादुर वाइवालाई ज्ञापनपत्र बुझाएको थियो ।

कार्यक्रममा क्षेत्रिय समितिका पदाधिकारी, नेविसंघ, तरुण दल लगायत कार्यकर्ताले नारा जुलुस सहित नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको नेविसंघका पुर्ब केन्द्रीय सदस्य भोला नेपालले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा मण्डनदेउपुरको समग्र विकासमा कृषि क्षेत्रको विकास नगरी अन्य सम्भव नरहेको उल्लेख गर्दै त्यसका लागि नगरले गर्ने निर्णय सोही अनुरुप हुनुपर्ने भनिएको छ । नगरको प्राथमिकतामा सिंचाई, आधुनिक कृषि सामग्रीको उपलब्धता, उन्नत बीउ विजनको व्यवस्था, रासायनिक मलको सर्वसुलभ व्यवस्था, किसानले उत्पादन गरेको दुध र दूग्धजन्य पदार्थको विक्री वितरणमा सहजता हुनुपर्नेमा माग गरिएको छ । त्यस्तै नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइन विश्व स्वास्थ्य संगठन मापदण्डका अनुरुप सेवासुविधा उपलब्ध गराइनुपर्ने, विपन्न र दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई तत्काल राहत प्याकेज घोषणा हुनुपर्ने, नगरपालिकाले एकद्धार प्रणलीबाट दिइदै आएको राहतलाई रोकेर जुनसुकै संघसंस्थाले पनि दिन सक्ने गरी राहत वितरण खुल्ला गरिनुपर्ने, विदेशबाट फर्किएकालाई रोजगारीको अवसर दिइनुपर्ने लगायतका माग राखिएको छ ।

कांग्रेेसकाे कार्यक्रममा कांग्रेस बाटै निर्वाचित वडा अध्यक्ष अनुपस्थित

उक्त कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट स्थानीय निर्वाचनमा उमेदवार बनी निर्वाचित बनेका चार जना वडाध्यक्षहुुुरु मध्य ३ जना वडा अध्यक्ष उपस्थिती नभएपछि उनीहरुका सन्दर्भमा चर्चा चलेको थियो ।

वडा नं २ का वडा अध्यक्ष केशव तिम्सिनाकाे भने उपस्थित रहेकाे थिए ।

कतिपय कार्यकर्ताले नगरपालिका भित्र बसेर सहभागी नहुने वडाध्यक्षलाई काँग्रेसी भन्न नमिल्ने भन्दै उनीहरुलाई समेत पार्टीले स्प्रष्टिकरण सोध्नुुुपर्ने प्रतिक्रिया दिइरहेका थिए । भने काेहिले कतै बजेट रकमान्तरणमा वडा अध्यक्षहरुकाे मिलाे मताे हुन सक्ने आशंका व्यक्त गरिरहेका थिए ।

यसैबिच, भुम्लु गाउँपलिकाका अध्यक्ष गुमानध्वज कुँवरलाई पनि काँग्रेसले ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम पेस हुन लागेकोमा ध्यानाकर्षण भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal