व्यावसायी बाँनियाद्वारा पाँचखाल नगरका एम्बुलेन्स चालक र परिवार सदस्यकाे बिमा सहयाेग

व्यावसायी बाँनियाद्वारा पाँचखाल नगरका एम्बुलेन्स चालक र परिवार सदस्यकाे बिमा सहयाेग

काभ्रेपलान्चोक / समाजसेवी तथा व्यवसायी उमेश बाँनियाले पाँचखाल नगरपालिकाका एम्बुलेन्स चालक सहित परिवारका १७ जनाको स्वास्थ्य बिमा गरिदिएका छन् । उहाँले कोभिड-१९ सम्बन्धी प्रति व्यक्ति एक लाखको बिमाको पोलिसी सम्झौताको प्रतिलिपी नगरपालिकाका प्रमुख महेश खरेललाई हस्तान्तरण गर्नुभयो ।

बिमा गरिएका एम्बुलेन्स चालकहरुमा सन्तोष सापकोटा, रमेश श्रेष्ठ, बुद्धिबहादुर भुजेल, गोपी दनुवार र दावा लामा छन् । उनीहरु र परिवारका सदस्य सहित कुल १७ जनाको बिमा गरिएको छ ।

बिमा पोलिसी हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका नेता कुमारप्रसाद लामिछाने, नेपाली काँग्रेसक प्रदेशसभाका उम्मेदवार सुन्दरमणि आचार्य, सेयर एन्ड केयर नेपालका कार्यकारी निर्देशक रमेशकुमार खड्का, हाम्रो युवा समुह महालक्ष्मी नगरपालिकाका संयोजक विवेककुमार कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal