मन्डनदेउपुर २ नं वडा कार्यालयमा तालाबन्दि, कांग्रेसले गर्याे सहजिकरण भुमिका

मन्डनदेउपुर २ नं वडा कार्यालयमा तालाबन्दि, कांग्रेसले गर्याे सहजिकरण भुमिका

काभ्रेपलान्चोक / मण्डनदेउपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष केशब तिमल्सिनाकाे काम कार्वाही प्रति अशन्तुष्टि जनाऊंदै वडा कार्यालयमा ताला लगाईदिएका छन् ।

स्थानिय जनताले सडक निर्माणको विषयलाई लिएर उठाएकाे जिग्यासामा  वडा अध्यक्षको जिम्मेवार पुर्ण जवाफ नपाएको कारण वडा कार्यालयमा ताला लगाईदिएकाेे स्थानियले बताए।

स्थानिय कुबेर तिमल्सेना, निलप्रसाद अधिकारी र तत्कालीन एमाले बाट निर्वाचित साबिक बालुवा पार्टी गाबिसका वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष केशब ढकाल को अगुवाईमा वडा कार्यालय मा ताल्चा लगाईएकाे थियाे ।

नेपाली कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्ष तिमल्सिना विरुद्व विभिन्न आराेप लगाईएकाे छ । केही दिनअघि बालुवापाटीबाट कुन्तावेसि जाने प्रमुख सडकमा दुःध लगायत अन्य कृषिजन्य उत्पादनहरूको ढुवानी गर्न प्रयोग गरिने ट्याक्टरहरू प्रवेशमा स्थानीयले रोक लगाएका थिए । बर्षातको समयमा ट्याक्टरले बाटो बिगार्ने हुंदा बैकल्पिक बाटो खन्ने वडा अध्यक्ष तिमल्सिना र वडा सदस्य डम्बर तामाङकाे उपस्थितिमा बृहत भेलाले निर्णय गरेको थियो ।

विवादका बाबजुत डोजर र स्काभेटरले सडक खन्ने काम सुरु गरेपछि वडा सदस्य डम्बर तामाङलाई पठाएको छु भन्दै अध्यक्ष तिमल्सिना पन्छिएकाे स्थानियले बताए । ग्रामिण सडक खन्ने क्रममा स्थानीयले अवरोध गर्दा झडपको स्थिति सिर्जना भएको थियो। दुई पक्षबीच झगडा चर्कदै गर्दा वडा सदस्य  डम्बर तामाङ पनि हिडिसकेका थिए । फोन गर्दा वडा अध्यक्षको जिम्मेवारपूर्ण जवाफ नसुनेपछि आक्रोशित भीडले वडा कार्यलयमा ताला लगाईदिएकाे स्थानियले बताए । वडा नम्बर १ र २ को कार्यालय भएको कम्पाउण्डको मुल गेटमा ताला बन्दी गरेपछि स्थिति तनापूर्ण बनेको थियो ।

नेपाली कांग्रेसका नेताहरूको पहलमा असार १० गते हुने नगरसभा सम्पन्न भएपछि  छलफल गरी निर्णयमा पुग्ने सहमति बमोजिम ताला खोलिएको छ । छलफलको मिति निर्धारण नगरिएकाले फेरी कुनै पनि समयमा तालाबन्दी हुने आशंका गरिएकाे छ ।

वडा अध्यक्ष तिमल्सिना विरुद्ध स्थानियले आर्थिक अनियमिततालाई प्रमुख विषय बनाई वडाबाट पाउने सेवा सुविधामा ढिलासुस्ती, बजेट विनियोजनमा मनपरी, योजना कार्यान्वयनमा अपारदर्शी तथा एकलाैटि छनाेट गरेकाे आरोपहरू लगाउँदै तालाबन्दी गरेका थिए ।

वडा अध्यक्ष तिमल्सिनाले आफुलाई केन्द्रमा राखेर निर्णय गर्ने गरेकाे कांग्रेसजनकाे आराेप छ । कांग्रेस बाट निर्वाचित भनेर खराब कामकाे समर्थन हामी गर्दैनाै । गलत प्रवृतिकाे विराेध गर्छाै । आन्तरिक पार्टी भित्रकाे समस्या पनि साथिहरुले यहिबेलामा ल्याएका छन् एक स्थानिय नेताले भने ।

केही समय अघि उनकै वडामा पर्ने वालुवा मा.वि. को विद्यालय ब्यवस्थापन समिति गठन गर्न उनी असफल भएपछि नगरपालिकाले हस्तक्षेप गरी गठन गरेको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal