समाजसेवि बस्नेतलाई लायन्सकाे उत्कृष्ट ४ अवार्ड

समाजसेवि बस्नेतलाई लायन्सकाे उत्कृष्ट ४ अवार्ड

काभ्रेपलान्चोक / पनाैति नगरमा जन्मिएर सामाजिक क्षेत्रमा अनवरत काम गरेकाे भन्दै लायन्स कल्बले ईन्जिनियर रामकुमार बस्नेतलाई  उत्कृष्ट ४ अवार्ड बाट सम्मान गरेकाे छ ।

लायन्स क्लबमा २०१४ बाट प्रबेस गरेका बस्नेतकाे
सामाजिक कामकाे उच्च मुल्यांकन गर्दै लायन्सले अन्तराष्ट्रिय गभर्नर सर्टिफिकेट २०१९/२०, सामाजिक अभियन्ता डिस्ट्रिक गभर्नर सर्टिफिकेट २०१८/१९, अन्तराष्ट्रिय मेम्बर अवार्ड मेडल, काेभिड-१९ काे माहामारि काे समयमा समाजमा पुर्याएकाे याेगदानबाट डिस्ट्रिक गभर्नर सर्टिफिकेट नामका अवार्डबाट सम्मानित गरेकाे छ ।

मानविय तथा सामाजिक सेवाका कार्यमा ससारमा नै नेतृत्वदायि भुमिका निर्बाह गरिसकेकाे अन्तरास्ट्रिय सामाजिक क्लब अन्तर्गत लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक 325b1 का डिस्ट्रिक गभर्नर लायन इन्दु लम्सालले समाजमा सामाजिक कार्य गरि समाज परिबर्तनकाे उल्लेखनीय भुमिका खेलेकाे भन्दै बस्नेतलाई चाैथाे क्याबिनेट बैठकबाट डिस्ट्रिक गभर्नर सर्टिफिकेटबाट सम्मानित गरेकि छन् ।

लायन्स क्लब काठमाडौं इन्द्रेश्वरका सस्थापक अध्यक्ष लायन इ. राम कुमार बस्नेत सम्मानित पछिल्लाे समयमा अर्काे एउटा अवार्ड बाट सम्मानित भएका छन् । उनले बिश्व माहामरि रुपमा फैलिएकाे काेराेना काेभिड-१९ काे कारणले समस्यामा परेका ब्यक्तिहरुलाई काभ्रे तथा अन्य ठाउंमा समेत उल्लेखनीय याेगदान पुर्याए बापत डिस्टिक गभर्नर सर्टिफिकेट बाट सम्मानित भएका हुन् ।

मिलिटरि इन्जिनियरिङ सेवा (एम.ई.एस के.शा) नेपालि सेनाबाट इन्जिनियरिङ पढ्न स्कलरसिप पाएका बस्नेतले मित्रराष्ट्र भारतकाे कलेज अफ मिलिटिर इन्जिनियरिङ पुणेबाट डिग्री हासिल गरि प्राबिधिक तर्फकाे इन्चार्जमा रहेर २५ वर्ष राष्ट्र सेवाकाे रुपमा काम गरि आफ्नाे छविलाई सैनिक क्षेत्रमा उदाहरणीय रुपमा स्थापित गर्न सफल भएका थिए। २०६२/६३ पछि जागिर बाट अवकास लिएर लामाे समयकाे त्याे अनुभव लिएर हाल सामाजिक कार्यमा पुर्ण रुपमा तल्लिन देखिन्छन् ।

नेपाली सेनाका प्रधानसेनापति महारथी पुर्ण चन्द्र थापाबाट शैक्षिक तथा समाजिक क्षेत्रमा उल्लेखनीय कार्य तर्फबाट यक कार्यक्रममा सम्मान गरिएकाे थियाे। २०७२ सालकाे भुकम्पमा उल्लेखनीय याेगदान पुर्याएबापत तत्कालीन नेपाल सरकारका सुचना तथा सन्चार मन्त्री मिलेन्द्र रिजालबाट पनि सम्मानित भएका थिए ।

अध्यात्मिक रहेका बस्नेत सामाजिक कार्यहरुका साथै उहाँ धार्मिक संघ संस्थामा उनकाे झुकाव बढि देखिन्छ । यसका साथै धार्मिक मठ मन्दिर, बाटाे, पुल, खानेपनि,जस्तो कार्यकाे नेतृत्वदायि भुमिका निर्पाह गरि उदाहरणिय रुपमा प्रस्तुत भएका छन् ।

बस्नेत सामाजिक कार्यमा सरिक भैरहंदा हाल सम्म विभिन्न संस्थामा रहि काम गरेका छन् । जसमा पनाैति नगर बिकास समितिकाे पुर्ब अध्यक्ष, पनाैति जेसिसका अाजीवन सदस्य , नेपाल रेडक्रस टाैखाल शाखाकाे अाजीवन सदस्य, लायन्स क्लब काे २०१४ देखि २०१७ सम्म सचिब, २०१८/१९ मा उपाध्यक्ष, २०१९/२० सस्थापक अध्यक्ष- लायन्स क्लब काठमाडौं इन्द्रेश्वर, भागवत प्रचार प्रसार बिभाग पनाैति- अाजीवन सदस्य, अन्तराष्ट्रिय मानव अधिकार एमनेष्टि पनाैति- कार्य समिति सदस्य, पशुपतिनाथ धर्मशाला पनाैति ४- २०६३ साल देखि सचिब, गाेरखनाथ खानेपनि समिति- पुर्ब काेषाध्यक्ष, गाेरखनाथ मन्दिर संरक्षण सस्था- सल्हाकार, दुधमिल टाेलसुधार समिति- पुर्ब अध्यक्ष, इन्द्रेश्वर क्याम्पस पनाैति- अामण्त्रित सदस्य, बिश्वहिन्दु महासघ नेपाल काभ्रे- उपाध्यक्ष, बेलर इन्टरनेशनल एकाडेमि- डाईरेक्टर, सन्जिवनि साप्ताहिक- प्रमुख ब्यबस्थापक, पनाैति उध्याेग बाणिज्य संघ- कार्यकारि सदस्य ,काभ्रे सेवा समाज- अाजिवन सदस्य, मुक्तिनाथ मन्दिर निर्माण समिति पनाैति ५- प्राबिधिक प्रमुख, बनेपाब्वाईज क्लब- सल्लाहकार, दुधमिल गाेरखनाथ जाने पुल बाटाे निर्माण समिति- सचिबकाे रुपमा सामाजिक भुमिका निर्वाह गरेका छन् ।

उनले पनाैति ४ दुधमिल नजिक रहेकाे पशुपति मन्दिरमा धर्मशाला बनाउने उदेश्यले लगाएकाे श्रीमद्भागवत २०६३ र २०६८ सालमा प्रमुख संयाेजक भएर सफलतापुर्बक काम गरेका छन् ।

पनाैति ६ मा रहेकाे गाेरखनाथ मन्दिरमा २०७६ सालमा सफलता पुर्वक सप्ताह लगाई हाल पन्चधातुबाट निर्माण गरिएकाे नाै फिट अग्लाे गणेश मुर्ति स्थापना गर्ने कार्यकाे अन्तिम चरणकाे काम भैरहेकाे छ । जसमा उनि सचिवालय प्रमुख रहेर काम गरिरहेका छन् । पनाैति वडा नं १२ मा रहेकाे भालेश्वर माहादेबकाे मन्दिरमा तामाकाे छाना लगाउने समितिका सल्लाहकार , पनाैति वडा नं ५ मा रहेकाे मुक्तिनाथ मन्दिकाे सप्ताहकाे सल्लाहकार रहेर काम गरिरहेका छन् ।

पनाैति नगर विकास अध्यक्ष हुंदा पनाैति र बनेपामा गरि डिसकभरि राेयल स्पाेर्ट एल.एल.सि प्रा.लिका प्रबन्ध निर्देशक ओम उप्रेती संग सहकार्य गरि आकस्मिक प्राथमिक उपचार तालिम सन्चालन गरि ३ सय ५० भन्दा बढि शिक्षार्थि तयार पारेका छन् ।

बस्नेत नेपाल पत्रकार माहासंघ काभ्रे शाखाको भवन निर्माणकाे डिजनईनर हुन् । पनाैति नगरपालिकाकाे सुचिकृत डिजाइनरमा पनि रहेका छन् ।

बस्नेतले आफ्नाे सामाजिक छविलाल उदाहरणीय रुपमा प्रस्तुत गरेका छन् । काभ्रे जिल्ला तथा पनाैति नगरमा बस्नेत सामाजिक अभियन्ताका रुपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal