नेपाली कांग्रेसका प्रभावशाली युवा नेता अधिकारीकाे समन्वयमा स्वास्थ सामाग्री बितरण

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता अधिकारीकाे समन्वयमा स्वास्थ सामाग्री बितरण

काभ्रेपलान्चोक / नेपाली कांग्रेसका काभ्रेका प्रभावशाली युवा नेता भगवान अधिकारीकाे समन्वयमा बेथानचाेक गाउँपालिका तथा पनाैति नगरपालिकाकाे बल्थलिका कृषक तथा स्वास्थ संस्थालाई स्वास्थ सामाग्री वितरण गरिएकाे छ ।

चेम्बर अफ कमर्सका ललितपुर सचिव हरिहर अधिकारी, शिक्षाविद द्वय अरुण केसी (नेस्फिल्ड कलेज, प्रमुख ) ज्ञानेन्द्र पराजुली (मोलिस कलेज , नेस्फिल्ड कलेज ) ललितपुर, सन्जिब बानियाँ काे सहयाेग उक्त सामाग्रि हस्तान्तरण गरिएकाे हाे ।

बेथानचाेक गाउंपालिकाका सम्पुर्ण वार्डका कृषकलाई लक्षित गरि माक्स र हेल्थ सेन्टरहरुका लागि पिपिइ सेट बितरण गरिएको छ ।

उक्त स्वास्थ सामाग्रि बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वार्ड अध्यक्ष क्रमश १,२,३,४ सोम प्रसाद घिमिरे , भगवान घिमिरे , दिलबहादुर श्रेष्ठ, लालबहादुर श्रेष्ठ लाई उपलब्ध गराईएकाे र वडा नं ५ र ६ का अध्यक्ष क्रमशः खजान्ची लामा र बिष्णु लामा सम्म सामाग्री पुर्याउन गाउंं पालिका मार्फत सामाग्री पुर्याईने छ । कार्यक्रममा नेपाली कांग्रेस बेथानचाेक गाउँपालिकाका सभापति कृष्ण बहादुर पाख्रिन र सचिब गोबिन्द अधिकारीकाे सहभागिता रहेकाे थियाे ।

पनाैति बल्थलीका दुग्ध कृषकलाई वितरणकाे लागि वडा अध्यक्ष तारा मान लामा, स्थानिय नेपालि कांग्रेसका पार्टी अध्यक्ष चेतनाथ भारती, पुर्व सभापति सुर्य प्रसाद पराजुली, नेता आत्मा राम सत्याल ,सन्जु पराजुली लगायतका नेताज्युहरुको समन्वयमा माक्स बितरण गरिएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal