पलाञ्चाेक भगवती मन्दिरकाे गुठियारलाई बाध्य वाधन समाग्रि हस्तातरण

पलाञ्चाेक भगवती मन्दिरकाे गुठियारलाई बाध्य वाधन समाग्रि हस्तातरण

काभ्रेपलाञ्चाेक / अन्तर्राष्ट्रिय स्तरमा सु-प्रशिद्व रहेकाे धार्मिक शक्तिपिठ पलाञ्चाेक भगवती मन्दिरकाे गुठियारलाई बाध्य बादन समाग्रि हस्तातरण गरिएकाे छ ।

पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवार र वडा नम्बर ९ का अध्यक्ष किरण श्रेष्ठले संयुक्तरुपमा उक्त सामग्री हस्तानतरण गरेका हुन् ।

बाध्य बादन पलाञ्चोक भगवति मन्दिर सँग सम्बन्धित विभिन्न मेला पर्व दैनिकी निर्त्यपुजा, आरति, पुजा, चन्डि पुर्णिमा मेला, बडा दशै रथयात्रा, लाखे गाईजात्रा पर्व लगाएत अन्य विशेष पुजा पर्वहरुमा प्रयोग हुने बाद्यबादनका सामग्री ढिमे, ढमाहा, टेम्को, मवालि, कर्नाल र बेन्डबाजाको १ सेट गरि नेवार समुदायका गुठियार र दर्जि समुदायका गुठियार लाई हस्तान्तरण गरिएकाे हाे । नेवार समुदायका गुठियारले प्रयोग गर्ने एक सेट र अर्को दर्जि समुदायले प्रयोग गर्ने एक सेट बाजा हस्तान्तरण गरिएकाे हाे ।

आ.ब.२०७६/०७७ को पलाञ्चोक क्षेत्रका जात्रा तथा पर्व ब्यवस्थापन शिर्षकमा बिनियोजित रकम रु दुई लाखबाट बराबरकाे सामाग्रि खरिद गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal