इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’

इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’

काठमाडौं । इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना बाहिरिएको हो ।

पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अुनसार लक्ष्मी नेपालमै बसेर इरान जाने युवती खोज्ने र श्रीमान नारायण नयाँ दिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

बस्नेत दम्पत्तीको गिरोहमा अन्य व्यक्ति पनि रहेको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । नारायण र लक्ष्मीविरुद्ध भने मानव बेचबिखन र संगठित अपराधको मुद्दा सँगसँगै अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal