पांचखालमा २ जनामा काेराेना पुष्टि

पांचखालमा २ जनामा काेराेना पुष्टि

काभ्रेपलान्चोक / पाँचखाल नगरपालिकामा आज असार १८ गते २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा उनिहरुमा कोरोना पुष्टि भएको थियो । नयाँ दिल्लीबाट असार २ गते पाँचखाल क्वारेन्टाइनमा आइपुगेका वडा नम्बर ९ का ३७ बर्षिय पुरुष र साउदीबाट असार ७ गते पाँचखाल क्वारेन्टाइनमा आइपुगेका वडा नम्बर ६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।

उनिहरु नगरले स्थापना गरेको आइसोलेशन कक्षमा रहेका छन् । नगरको क्वारेन्टाइनमा रहेका २४ जनाको पिसिआर चेक गरिएको थियो । त्यसमध्ये २ जनामा कोरोना संक्रमण देखिएको थियो । पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।

याे संगैै काभ्रेमा काेराेना संक्रमितकाे संख्या ३ पुगेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal