जिवनकाे एरेन्जमा रहेकाे “घरकाे छतमा” गीत सार्वजनिक

काठमाडौं / पछिल्लाेे समयमा चर्चामा रहेका युवा गायक तथा एरेन्जर जीवन बडुले एरेन्ज गरेकाे “घरकाे छतमा” बाेलकाे तिजकाे गित सार्वजनिक भएकाे छ ।

गीतमा शब्द केशव थापामगरकाे रहेकाे छ भने एलिना चाैहान र मनिष श्रेष्ठकाे स्वर रहेकाे छ । संगित मनिष श्रेष्ठ कै छ भने गितकाे एरेन्ज र मिक्सिङ जीवन बडुकाे रहेकाे छ। विग परिबेश स्टुडियोमा रेकर्डिङ भएकाेे हाे ।

गितलाई जगत तिरूवाले र्याप गरेका छन । एलिना ,मनिष ,करण ,दिपक लगायतलाई गितकाे भिडियाेमा देख्न सकिन्छ । चक्र बरालले छायांकन गर्नु भएकाे गितमा सम्पादन डिनसन शाहकाे रहेकाे छ भने गितलाई निर्देशन मनिष श्रेष्ठले नै गरेेेेका छन्।

गीत हेर्नुहाेस

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal