वडा सदस्य द्धारा क्रिक्रेट समूहलाई सहयोग

वडा सदस्य द्धारा क्रिक्रेट समूहलाई सहयोग

काभ्रेपलान्चोक / लक डाउनका समयमा खेल मार्फत आत्मबल बढाउने हेतुले गठित स्थानीय क्रिक्रेट समूहलाई जनप्रतिनीधिले सहयोग प्रदान गरेका छन् ।

बनेपा नगरपालिका वडा नं २ का युवाहरुको सक्रियतामा गठित क्रिक्रेट समूहलाई बडा सदश्य गंगाप्रसाद घिमिरेले खेलकुद सामाग्री प्रदान गरेका हुन् । क्रिक्रेट खेलप्रेमीहरुलाई प्रोत्साहन स्वरुप क्रिक्रेट खेललाई आबश्यक पर्नै ब्याट, पञ्जा, हेलमेट ग्लोब्स , बल आदी खरीद गरी हस्तान्तरण गरेका हुन । वडा सदश्य घिमिरिेले आफनो ब्यक्तिगत रकमबाट करिब १७ हजार बराबरको सामाग्री खरीद गरी दिएका हुन् ।क्रिक्रेट खेलकुद सामाग्रीहरु प्राप्त गरेपछि युवाहरु उत्साहित भएका छन् ।

कोभिड १९ को यो महामारी र दुब्र्यसनीबाट बच्न खेलकुद उपयुक्त माध्यम हुने भएकाले सहयोग गरेको वडासदश्य घिमिरेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal