खरेल र बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान

खरेल र बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान

काभ्रेपलान्चोक/ गणेशमान सिंह फाउन्डेसनले नेपाली काँग्रेसका नेताहरु काभ्रेबासी राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ ।

फाउन्डेसनका अध्यक्ष गणेशमानका सुपुत्र एबं नेपाली काँग्रेसका पुर्व महामान्त्री प्रकशमान सिंहले नेता द्वयका घरमानै पुगेर खरेल र बादेलाइ सम्मान गर्नुभएको थियो ।

खरेलको निवास नयाँबानेश्वर तथा बादेको निवास बनेपानै पुगेर सम्मान गरिएको थियो । नेपाली काँग्रेसमा रहेर निष्ठाको राजनीति गर्नुभएको र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्छ मुल्यांकन सहित सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले जानकारी दिनुभयो ।

गोपालदास बादे सम्मानित पछि ।


उहाँहरुलाइ नगद २५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

फाउन्डेसनले उहाँहरु लगायत श्रीपतिदास जोशी ललितपुर , शिवगोपाल रिसल काठमाण्डौ, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदिपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतिरमण सुबेदीलाइ सम्मान गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal