नेपाली कांग्रेस काभ्रेकाे ध्यानाकर्षण

नेपाली कांग्रेस काभ्रेकाे ध्यानाकर्षण

काभ्रेपलान्चोक / नेपाली कांग्रेस काभ्रेका उपसभापति गाेविन्द बहादुर थापाकाे विषयमा लिएर आएका विभिन्न कुराहरुकाे विषयमा नेपाली कांग्रेस काभ्रेेेेेकाे ध्यानाकर्षण भएकाे जनाएकाेे छ । ध्यानाकर्षण काे पुर्ण पाठ जस्ताकाे तस्तैै ।

नेपाली कांग्रेस काभ्रेका उपसभापति श्री गोबिन्द बहादुर थापाको नाम जोडेर बिभिन्न पत्रपत्रिकामा प्रकाशित अत्यन्त भ्रामक, तथ्यहीन एवं दुराशययुक्त समाचारप्रति नेपाली कांग्रेस काभ्रेको गंभीर ध्यानाकर्षण भएको छ।
समग्र जिल्ला भित्रका बिकास निर्माण, धर्म संस्कृतिको संवर्द्धन एवं राजनीतिक सामाजिक अभियानमा तल्लीन युवा नेता थापा धनेश्वर मन्दिर र यसको सेरोफेरोको धार्मिक तथा पर्यटकीय महत्वको अभिवृद्धिमा निरन्तर जुट्दै आउनुभएको तथ्य सर्वविदित नै छ।
धनेश्वर मन्दिर जाने “धनेश्वर मार्ग” मा नाली बनाउने तथा बाटो ढलान गर्ने कार्यलाई स्थानीय कसैलाई मर्का नपर्नेगरी दिगो र गुणस्तरीय बनाउन यस भेगका सम्पूर्ण जनसमुदायको सधैं आग्रह रहीआएकै हो। कामको गुणस्तरमाथि प्रश्न उठाउने सचेत नागरिकको जिम्मेवारी निर्वाह गर्ने क्रममा संवाद र छलफलको बाटो समात्नुको साटो उल्टै वहाँलाई अपमानित एवं आक्रमण गर्ने घटना निन्दनीय छ। गाऊँ भित्रको बलियो सामाजिक एकता र पारिवारिक हार्दिकतामा खलल पुर्याउने र नेपाली कांग्रेसमा लामो योगदान र गरिमादायी भूमिका निभाएका परिवारहरुलाई आपसमा जुधाएर क्षणिक फाइदा लिन खोज्ने कुत्सित मनसायप्रति नेपाली कांग्रेस सचेत छ। र, फेरीपनि आपसी वार्ता, सहमति र पारस्परिक एकताको माध्यमबाट दीर्घकालीन समाधान खोज्न नेपाली कांग्रेस काभ्रे सम्वध्द सबैसँग विनम्र आग्रह गर्दछ।
समाजमा घटेका घटनाको उपयुक्त निदान खोज्न उत्प्रेरित गर्नु र त्यसमा सहयोग पुर्याउनुको सट्टा घटनालाई अतिरंजित गर्दै राजनीतिक आग्रह, पूर्वाग्रहको रोटी सेक्न खोज्ने प्रवृत्तिको हामी घोर भत्सर्ना गर्दछौं ।

धनेश्वर गुठीको जग्गा तथा सार्वजनिक जग्गा कब्जा गरी घर बनाएको, धनेश्वरमा सप्ताह लगाई संकलन भएको पैसामा अनियमितता गरेको तथा धनेश्वर क्षेत्र बिकास समितिको लाखौं रकम अपचलन गरेको जस्ता आधारहीन आरोपमाथि स्वयं थापाजी ले विज्ञप्ति मार्फत सत्यतथ्य सार्वजनिक गरिसक्नु भएको छ।

नेपाली कांग्रेस काभ्रे धनेश्वर मन्दिरको सबैखाले आयब्यय दुरुस्त गर्न, धनेश्वर क्षेत्रको सम्पूर्ण जग्गाजमिनको पुनर्नापि गरी जो कसैबाट अतिक्रमित भएको पाइएमा कानून बमोजिम हदैसम्म दण्डित गर्न आग्रह गर्दछ। तर विना आधार, विना प्रमाण, मनगढन्ते आरोप लगाएर सार्वजनिक रुपमा हिलो छ्याप्ने, मानमर्दन गर्ने यसप्रकारको गलत प्रवृत्तिको नेपाली कांग्रेस काभ्रे सदा झैं घोर भर्त्सना गर्दछ । जय नेपाल !
मधु आचार्य
सभापति
नेपाली कांग्रेस काभ्रे

तपाईको प्रतिक्रिया दिनुहोस्
© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal